६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

दीर्घरोगीहरुले अर्थमन्त्री शर्मालाई भेटेरै धन्यवाद दिए



काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत सरकारले मासिक उपचार खर्च दिने व्यवस्था गरेपछि दीर्घरोगी खुसी भएका छन् । उनीहरुले आज अर्थमन्त्री जनार्दन शर्मालाई नै भेटेर खुसी व्यक्त गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै दीर्घरोगीको उपचारका लागि मासिक भत्ता दिने व्यवस्था गरेका थिए । उक्त व्यवस्थापछि मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्रीलाई भेटेरै धन्यवाद दिएका हुन् ।

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए । उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए ।

‘आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे छलफल थालेका छौँ’, उनले भने, ‘अब एक÷दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईँहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ । आगामी दिनमा यो सुविधा कसैले काट्न सक्दैन ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय