नारायणहिटी दरबार नेपाली सेनाको कब्जामा « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

नारायणहिटी दरबार नेपाली सेनाको कब्जामा



काठमाडौं । सिंहदरबारजस्तै नारायणहिटी दरबारको जग्गामा पनि वक्रदृष्टि पर्न थालेको छ । व्यावसायिक फाइदा उठाउन फौजी, निजामतीदेखि नेताका दैलोमा जग्गा कब्जा जमाउनेहरू लागिपरेका छन् । पशुपति विकास कोषमा भारत सरकारले बनाइदिएको धर्मशालामा होटल सञ्चालन गर्ने बतास समूहले त दक्षिण ढोकासँगै रहेको खाली जग्गामा धमाधम रेष्टुरेन्ट बनाइरहेको छ । राजाहरूले भोग चलन गर्दै आएको ७ सय ५३ रोपनी ८ आना दुई दामको जग्गा राजतन्त्रको बहिगर्मनसँगै खण्ड–खण्डमा विभाजन भएको छ ।

जग्गा हत्याउन अहिले प्रतिस्पर्धा नै चलेको छ । राजनीतिक नेतृत्वको आशिर्वाद पाएका व्यवसायीले त कब्जा जमाएर व्यापारको मेसो मिलाइसकेका छन् । केपी ओली नेतृत्वको सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले पोखराको व्यावसायिक घराना बतास समूहलाई रेष्टुरेन्ट चलाउन दरबारको मुख्य क्षेत्रको जग्गा दिने निर्णय गर्नुभएको थियो ।

संग्रहालयले आर्थिक भार थेग्न नसकेका कारण पश्चिमको केही भाग क्याफेलाई ३ वर्षका लागि भाडामा लगाइएको संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङ बताउनुहुन्छ । नेपाल सरकारको आर्थिक ऐन अनुसार नै टेन्डर भएको र बतास समूह अन्तर्गतको एउटा कम्पनीले क्याफे चलाइरहेको उहाँको भनाइ छ ।

दरबारमार्गस्थित दरबार अगाडिको जग्गामा यति होल्डिङस्ले विशाल कम्प्लेक्स बनाएर भाडामा लगाउन थालेको धेरै भइसक्यो । दरबारहाताको अन्य भागमा नेपाली सेना र नेपाल सरकारले विस्तारै कब्जा जमाउँदैछन् । राजपरिवारको निजी सचिवालय रहेको तात्कालिन राजदरबारको पश्चिमी क्षेत्रमा राहदानी विभाग सञ्चालनमा छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्रको इकाइ पनि पश्चिमी क्षेत्रमा स्थापना गरिएको छ । आडैमा रहेको फारसखाना राजपरिवारले शिकार गरी ल्याइएका जनावरको अवशेष राख्ने ठाउँको केही भाग सेनाले कब्जा गरिसकेको छ । राजपरिवारको तरकारी खेती गर्ने स्थलमा पनि सेनाले ‘प्रवेश निषेध’ को बोर्डसमेत झुण्ड्याउन भ्याइसकेको छ ।

तरकारी खेती गर्ने स्थानको भित्री भागमा हकभोग जमाइसकेको सेनाले राजपरिवारको बारबिनायक गणेश मन्दिर पनि कब्जा गरेको छ । त्यतिमात्र होइन, उत्तरी भागमा सेनाका विभिन्न गण र मध्यपृतनापतिको मुख्यालय समेत खडा भइसकेको छ । राजाको समयमा घोडातबेला, गाई गोठ, सञ्चार केन्द्र, झिरपोखरी लगायतका क्षेत्र संग्रहालयको पहुँचमा नभएको सूचना अधिकारी गुरुङको भनाइ छ ।

नारायणहिटीको पूर्वी भागमा रहेको महेन्द्र मन्जिल परिसर, रणोद्वीपको दरबार राजामहाराजाको पुजा कोठा, घोडा चढ्न सिक्ने ठाउँ, टेनिस कोर्ट, श्रीसदनलगायत केही भाग संग्रहालयको स्वामित्वमा रहे पनि घोडाको तबेला र गणतन्त्र पार्क सेना अन्तर्गत रहेको छ । राष्ट्रिय सम्पति र इतिहासको धरोहरका रूपमा रहेको ठाउँ संरक्षण गनु सट्टा कब्जा गर्न चलेको हारालुछ आफैंमा गलत छ ।


प्रतिक्रिया दिनुहोस !


कांग्रेसद्वारा कुशवाहामाथि दुव्र्यवहार गर्नेउपर कारवाहीको स्वागत



नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताउनुभएको छ ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उहाँले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ : ऊर्जामन्त्री भुसाल



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताउनुभएको छ ।

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।” सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उहाँको जोड थियो ।

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उहाँले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।”

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६/७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७/७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिनुभयो ।

आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ ।

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ ।

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, स्वास्थ्यकर्मीसहित चार जना अझै वेपत्ता



पाँचथर- यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: