१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मापदण्ड र विधिको धज्जी उडाएर गृहमन्त्रालयद्वारा ३० उपसचिवको सरुवा



काठमाडौं । गृहमन्त्रालयले ३० उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेको निर्देशनमा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवलाई गृहमन्त्रालयमा सरुवा गरेको छ । गृहमन्त्रालयअन्तर्गतका १५ उपसचिव बाहिरिएका छन् । गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेले दिएको सूची अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको स्रोतले बताएको छ । उपसचिव सरुवाप्रति गृहमा चरम असन्तुष्टि छाएको छ ।

३ महिनाअघि मात्र सरुवा भएका उपसचिव गृहमन्त्रालयबाट बाहिरिएका छन् । तर २५ बर्षदेखि कार्यरत उसपसचिवहरुलाई यथावत राखिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पुुुुुुण्य ढकाल लगायतका जो २५ बर्षदेखि कार्यरत छन्, उनलाई गृहमै राखिएको छ । तर ३ महिनाअघि मात्र सरुवा भएका त्रिलोचन रिमाललाई गृहबाट आउट गरिएको छ । सरुवा हुनेमा प्रमुख जिल्ला अधिकारीहरु पनि छन् । रिमाल जस्तै गृहमा सरुवा भएको १ वर्ष पनि नभएका उपसचिवहरु लखेटिएका छन् । तर गृहका रैथानेहरुलाई चलाइएको छैन । सरुवामा नियम र मापदण्ड पालना नगरिएकोमा उपसचिवहरुमा असन्तुष्टी ब्याप्त छ ।


प्रतिक्रिया दिनुहोस !