१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भोलिदेखि एमालेको विधान महाधिबेशन, ६ हजार बढी प्रतिनिधिहरु सहभागी हुने



काठमाडौं । नेकपा (एमाले) को विधान महाधिबेशन भोलिदेखि ललितपुरको गोदावरीमा हुँदैछ । शुक्रबार १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने भएका छन् । हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको र पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुने व्यवस्थापन समितिले जनाएको छ । मुल हलमा ३ हजार प्रतिनिधि रहने व्यवस्थापन समितिले जनाएको छ ।

व्यवस्थापन समितिका अनुसार दायाँ–बायाँको हलमा एक–एक हजार प्रतिनिधि बस्नेछन् । त्यस्तै दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एक–एक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिले जनाएको छ ।

व्यवस्थापन समितिले जनाए अनुसार कार्यक्रममा सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ । त्यस्तै खाजा भने प्याकेटमा दिइनेछ ।


प्रतिक्रिया दिनुहोस !