१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

केपी शर्मा ओलीलाई संवादमा आउन विश्वप्रकाश शर्माको आग्रह



काठमाडौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संवादमा आउन आग्रह गरेका छन् । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिस्कार गरेपछि उनले ओलीलाई असहिष्णु नबन्न आग्रह गरेका हुन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ । साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ । सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन । श्रद्धेय केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन संवादले खोजौँ । गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौँ ।

नेकपा एमालेले निरन्तर संघीय संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्नि सापकोटाले पनि सर्वदलीय बैठक बोलाएका थिए । सो बैठक पनि एमालेले बहिस्कार गरेको थियो । नेकपा एमालेले कारवाही गरेका १४ सांसदलाई मान्यता दिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध सर्वोच्चमा मुद्दा रहेकाले उक्त पार्टी सहभागी हुने बैठकमा नजाने बताउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !