१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बादलको वैचारिक स्खलन, विगतमा क्रान्तिको वैचारिक मार्गदर्शन जबजले गरेको दाबी



काठमाडौं । केही समय अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेता तथा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि सान्दर्भिक भएको बताएका छन् । हिजो दश वर्षे जनयुद्धमा जबलाई दक्षिणपन्थी संशोधनवाद भन्दै उर्लेर गाली गर्ने नेता बादलले बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताएका हुन् । उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताए ।

महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता थापाले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने दाबी गरे । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेश हुने पनि जानकारी दिए ।

थापाले उत्पादक शक्ति र राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमहरू जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने धारणा राखे । साथै उनले जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा प्रस्तुत गरिने बताए । स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए । उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !