१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमाले बागमती इन्चार्ज बादल, अध्यक्षमा अष्टलक्ष्मी शाक्य



काठमाडौं । नेकपा (एमाले) ले बागमती प्रदेश कमिटीको विवाद समाधान गरेको छ । १० बुँदे सहमती अनुसार बागमती प्रदेश कमिटीको इन्चार्ज को भन्ने विवाद रहेको थियो । एमाले बागमती प्रदेश कमिटीले बिहिबार विवाद टुंगो लगाउँदै केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ । बागतमी प्रदेश कमिटीको अध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ भने इन्चार्जमा रामबहादुर थापा बादल रहेका छन् । शाक्य एमाले केन्द्रीय कमिटीको उपाध्यक्षका साथै वागमती प्रदेश सरकारको मुख्यमन्त्री पनि हुन् ।

यस अघि शाक्य एमालेको वागमती प्रदेश कमिटी इन्चार्ज थिईन् । तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका वादललाई अध्यक्ष केपी शर्मा ओलीले इन्चार्ज बनाएका थिए । दुई नेताको वरियतामा अध्यक्ष शाक्यलाई पहिलो र इन्चार्जलाई दोस्रोमा राखिएको छ । एमालेभित्रको अभ्यासमा अहिलेसम्म इन्चार्ज पहिलो वरियतामा र अध्यक्ष त्यसपछिको वरियतामा रहने चलन छ । तर एमालेले नौलो प्रयोग गर्दै अध्यक्षलाई माथि र इन्चार्जलाई तल्लो वरियतामा राखेको छ । एमालेले प्रदेश कमिटीलाई पुर्णता दिँदै विवाद समाधान गरेको छ ।

वागमती प्रदेश कमिटीलाई ४७६ सदस्यीय बनाइएको छ । प्रदेश कमिटीमा सहइन्चार्जमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणि पौडेल रहेका छन् । एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाललाई चौथो वरियतामा राखिएको छ भने केन्द्रीय सदस्य रचना खड्कालाई आठौं वरियतामा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !