८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

केवल व्यवसायी महासंघले उठाएको माग सम्वोधन गर्न सरकार तयार



काठमाडौं । नेपाल केवल टिभी व्यवसायी महासंघले उठाएको माग सम्वोधन गर्न सरकार तयार भएको छ । आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा पोल भाडा उल्लेख्य नबढाउने समझदारी बनेको स्रोतले बतायो । छलफलमा सञ्चार सचिव डा. वैकुण्ठ अर्याल, उर्जा सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकारणका निर्देशक श्रीराम पाण्डेलगायत सहभागी थिए । केवल व्यवसायीले उठाएका मागका विषयमै छलफल केन्द्रित थियो । प्राधिकरणले गरेको निर्णय सच्याएर पोलभाडा ‘नोमिनल’ मात्रै बढाउने सहमति छलफलमा भएको स्रोतको भनाइ छ ।

‘हाल मासिक २५० रुपैयाँ पोल भाडा रहेकोमा न्युनतम शुल्कमात्र वृद्धि गरिने कुरा भएको छ,’ स्रोतले भन्यो । सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले व्यवसायीको मागका बारेमा मन्त्रालयमा छलफल भएको बताए । उनले भने, ‘केवल व्यवसायीको माग सम्वोधन गर्न सबैजना सकारात्मक छौं । सम्भवतः भोली निर्णय हुन्छ होला । नेपाल केवल टिभी व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले नेपाल विद्युत प्राधिकारण, ऊर्जा मन्त्रालय, सञ्चार मन्त्रालयका पदाधिकारी बीच भएको छलफल सकारात्मक बनेको सन्देश आफूले पाएको बताए ।

प्राधिकरणले पोलभाडा २५० रुपैयाँबाट एकैपटक ३५० प्रतिशत वृद्धि गरेपछि व्यवसायीहरु विरोधमा उत्रेका थिए । हिजो भएको केबल व्यवसायीको राष्ट्रिय भेलाले पोल भाडा वृद्धि फिर्ता नलिए देशभर सेवा बन्द गर्ने निर्णय लिएको थियो । आजै महासंगले सूचना विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएर २४ घन्टे अल्टिमेटम दिएको थियो । विद्युत प्राधिकरणले विद्युत आपूर्तिका लागि गाडेका पोल केवल र इन्टरनेट सेवाप्रदायकले भाडा तिरेर प्रयोग गर्दै आएका छन् । एकैचोटि चर्को भाडा वृद्धि गरिएपछि त्यसको मार उपभोक्तामाथि पर्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय