१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

नेपालले माल्दिभ्सलाई २२ वर्षपछि हरायो



काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाललाई सफलता मिलेको छ । गएराति मालेस्थित राष्ट्रिय रंगशालमा भएको खेलमा आयोजक माल्दिभ्सलाई नेपालले १-० ले पराजित गरेको हो । नेपालका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगीले सानदार गोल गरे । उनले काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले खेरा फालेनन् । बिपक्षीको घेराबीच गोल अघि बढाउदै उनले गोल गर्न सफल भएका थिए ।

उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । जुन गोल नै नेपालको जीतका लागि पर्याप्त बन्यो । खेलको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए । त्यस्तै ८२ औं मिनेटमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई मैदान प्रवेश गराइएको थियो । पूरै खेलमा धेरैजसो समय बल माल्दिभ्सको पक्कडमा रहेतापनि नेपालबिरुद्ध गोल गर्न भने सकेको थिएन । माल्दिभ्सको धेरैजसो प्रयासहरु नेपालका गोलकिपर किरण चेम्जोङले विफल पारिदिएका थिए ।

खेलको छैटौं मिनेटमा नै माल्दिभ्सले नेपालका लागि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर गोलकिपर किरणले त्यसलाई सहजै विफल बनाइ दिएका थिए । नेपालका लागि पनि खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठले लामा दुरीबाट विपक्षीको पोलमा प्रहार गरेका थिए । तर उनको फितलो प्रहारलाई गोलरक्षक मोहमद फैसलले सहजै क्याच गरेका थिए । त्यसको १ मिनेटपनि पुनस् नेपालले गोल गर्ने अर्को अवसर पाएको थियो । नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई राम्रो सदुपयोग गर्न सकेनन् ।

त्यसपछि खेलको माल्दिप्सका लागि गोल गर्ने अर्को सुन्दर अवसर थियो । तर सफल भएन । अली फसिरले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्ने अवसर पाएका थिए । उक्त प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । खेलको २३ औं नेपाललाई अवसर थियो । तर २३ औं मिनेटमा अन्जन विष्टको क्रसमा नवयुग श्रेष्ठले गरेको हेडर गोलरक्षक फैसलले विफल गरेका थिए । त्यसको केही मिनेटमै नेपालबिरुद्ध माल्दिभ्सले अवसर बनायो । तर असफल भएको थियो । नेपालको पेनाल्टी क्षेत्रभित्र माल्दिभ्सका तीन खेलाडीले एक आपसमा पास खेल्दै मुभ सिर्जना गरेपनि अन्तिम प्रहार भएन ।

२८ औं र ३३ औं मिनेटमा अली अश्फाकले गरेको आक्रमक प्रहार किरणले सहजै बचाए । दोस्रो हाफपछि नेपालका लागि तेज तामाङले लामो दुरीबाट प्रहार गरेको गोल फैसलले सहजै बचाएका थिए । ५६ औं मिनेटमा पनि नेपालले गोलको प्रयास गरेको थियो । तर सफल हुन सकेनन् अन्जन विष्ट । ५९ औं मिनेटमा माल्दिभ्सको उत्कृष्ट प्रहारलाई कप्तान किरण चेम्जोङले बचाउ गरे । ६५ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिधै किपरले जोगाए । उनको प्रहार फितलो थियो । ७६ औं मिनेटमा माल्दिभ्सको पुन आकर्षक प्रहार गर्यो । तर किरणले त्यसलाई विफल बनाए ।

किरणले सेभ गर्दा रिवाउढड भएको बललाई माल्दिभ्सले सदुपयोग गर्न सकेन र बल पोलभन्दा माथिबाट आउट हुन पुग्यो । त्यसपछि नेपालका २ खेलाडि क्रमस परिवर्तन गरिएको थियो । त्यसपछि मनिष डाँगीले ८६ औं मिनेटमा गरेको गोल नै नेपाललाई जीतको लागि पर्याप्त बन्यो । पहिलो खेलमा जीत निकालेसँगै नेपालले ३ अंक जोडेको छ । माल्दिभ्स २०१८ को साफ च्याम्पियनसमेत हो । नेपाल उक्त सिजनको साफमा माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । उक्त समय नेपालले माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २-१ ले हराएको थियो । त्यसयता भने लगातार हार बेहोरेको नेपालले यो संस्करणमा माल्दिभ्सबिरुद्ध जीत निकालेको हो । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !


राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ



काठमाडौं, १४ मंसिर 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए ।

आज नै उनले पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !

दोस्रो चरणमा कम गोल, थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का



काठमाडौं, १४ मंसिर

साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे । 

समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीकाे खेलजस्तै रह्यो । पाँच खेलमा हार जित हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यस चरणमा भने कुनै पनि टोलीले ठुलो अन्तरको जित निकाल्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा तीन गोल हुनु नै सबैभन्दा बढी गोल रह्यो ।  

पहिलो चरणमा १६ गोल निस्कदा दोस्रो चरणमा भने जम्मा सात गोल भएकाे छ। पहिलोे चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई १–० ले स्तब्ध बनायो । अघिल्लो खेलमा च्यासलविरुद्ध ३–० को जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसँग भने निरीह रह्यो । 

दोस्रो खेलमा संकटा क्लब एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित निकाल्यो । फ्रेण्ड्सको यो पहिलो हार हो । यता, संकटाको भने पहिलो जित हो । 

दोस्रो चरणको दोस्रो दिनको खेलमा च्यासलले विभागीय प्रतिद्वन्द्धी एपीएफ फुटबल क्लबलाई १–० अन्तरले पराजित गर्याे । त्यसै दिन भएको दोस्रो खेलमा विदेशी खेलाडी आफिज ओलावालेको निर्णायक गोलमा मनाङ मर्सस्याङ्दी क्लबले आफ्नो लगातार दोस्रो जितलाई निरन्तरता दियो ।  

तेस्रो दिन भएको एक मात्रै खेलमा जावलाखेल युथ क्लबलाई १–० ले  पराजित गर्दै पुलिसले पहिलो जित निकाल्यो । वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा पुलिसले अपराजित यात्रा कायम राख्याे ।  

दोस्राे चरणको अन्तिम दिन उपाधिमा दावेदारी प्रस्तुत गरेको न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीसँगै एनआरटीलाई उपाधि दावेदारीमा धक्का लागेको छ । 

अन्तिम दिनको अन्तिम खेलमा भने आर्मी र मच्छिन्द्रले बराबरी खेल्दै अंक बाढे । यस नतिजासँगै मनाङलाई प्रत्यक्ष फाइदा भएको छ । मनाङले दोस्रो चरणमा दुई अंकको अग्रता बनाएको हो । 

दोस्रो चरणको समाप्तीमा मनाङको दुई खेलबाट दुई गोलसहित ६ अंक भएको छ । समान चार अंक जोडेका संकटा, बीबीसी, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान तीन अंक जोडेका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा दुई अंक जोडेको आर्मी नवौँ स्थानमा छ । 

समान एक अंक जोडेका हिमालयन शेर्पा,  फ्रेण्डस् र एनआरटी क्रमशः दशौँ, एघारौँ र १२औँ स्थानमा छन् । यता, कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन् । तेस्रो चरणका खेल शुक्रबारबाट सुरु हुने छन् । 

दोस्रो चरणका नतिजा 
१. सातदोबाटो युथ क्लब १–० थ्रीस्टार क्लब
२. संकटा क्लब २–१ फ्रेण्ड्स क्लब 
३. च्यासल युथ क्लब १–० एपीएफ फुटबल क्लब 
४. हिमालयन शेर्पा क्लब ०–१ मनाङ मस्र्याङ्दी क्लब
५. जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब 
६. ब्रिगेड ब्वाइज क्लब ०–० न्युरोड टिम एनआरटी
७. त्रिभुवन आर्मी फुटबल क्लब ०–० मछिन्द्र फुटबल क्लब 

प्रतिक्रिया दिनुहोस !

बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: