१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विश्वमा आजः ब्राजिलको कारागारमा प्रहरीको नरसंहारदेखि गिनीको स्वतन्त्रता



आज अक्टोबर २ । विश्व इतिहासमा आज विभिन्न राजनीतिक तथा सामाजिक घटना विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिकामा नकावधारीको शृंखलाबद्ध हमला

सन् २००२ मा अमेरिकाको वासिंगटन डिसी, म्यारिल्यान्ड र भर्जिनियाको राजमार्गको विभिन्न सडकमा नकाबधारीले गरेको शृंखलाबद्ध हमलाका कारण सम्पूर्ण अमेरिकी स्तब्ध बनेका थिए । तीन सातासम्म भएको ती हमलामा दश जना मारिएका थिए । आक्रमण अझै पनि रहस्यमय छ ।

ब्राजिलको कारगारमा प्रहरीको नरसंहार

सन् १९९२ मा ब्राजिलको कारएन्दिरु सहरको एउटा कारगारमा प्रहरीले कैदीको सामूहिक नरसंहार गरेको थियो । सामान्य विवादमा प्रहरले गोली चलाउँदा एक सय बन्दीको मृत्यु भएको थियो ।

मेरिकी कार्टुनिस्टका व्यंग्यचित्र एकै पटक नौ पत्रिकामा

सन् १९५० मा अमेरिकाका प्रसिद्ध कार्टुनिस्ट चाल्र्स एम सुल्जको व्यंग्यचित्र पहिलो पटक अमेरिकाका नौ ओटा समाचारपत्रमा छापिएको थियो ।

गोन्जालेको युद्ध

सन् १८३५ मा आजकै दिन अमेरिकाको टेक्सासका विद्रोही र मेक्सिकोका सेनाबीच भीषण युद्ध भएको थियो । व्याटल अफ गोन्जालेजसमेत भनिने यो युद्ध टेक्साको स्वतन्त्रताको लागि भएको थियो । युद्धपछि गणतन्त्र टेक्सास स्थापना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !