२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

एनभिए भलिबलको फाइनल आज



एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज शनिबार हुँदैछ ।

शनिबार त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन् ।

प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरको थियो ।

पुरुष तर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३-० को सोझो सेटमै पराजित गरेकाे थियाे ।

महिला तर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेकाे थियाे भने त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसिपको फाइनलमा स्थान बनाएकाे हाे ।

तेस्रो स्थानका लागि पुरुष तर्फ नेपाल पुलिस र एपीएफ तथा महिला तर्फ नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले दुबै तर्फ ४ लाख पाउनेछन् । यस्तै उपविजेता टोलीले समान २ लाख प्राप्त गर्नेछ । तेस्रो स्थानको टोलीले १ लाख पाउनेछ ।

इपिएल : आज भैरहवा र काठमाडौं तथा विराटनगर र पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान साढे ९ बजे हुनेछ ।

दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौ स्थानमा छ ।

विराटनगर पहिलो जित निकाल्न चाहन्छ । करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखरा ३ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: