२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

प्रकाशमान सिंहको दुखेसो, उपत्यकाले बाहिरबाट आएका नेतालाई अघि बढाउँदा पछि परियो



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देखेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उहाँले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिरबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो । अरुको झोला उपत्काका बासीले कहिलेसम्म बोक्ने उहाँले १४ औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ? अरुको छोराहरुले त अवसर पाएका छन् त ? उहाँले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । वर्तमान पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: