परमाणु हतियार बोक्ने चीनका दर्जनौँ विमान ताईवानको प्रतिरक्षा क्षेत्रभित्र प्रवेश « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

परमाणु हतियार बोक्ने चीनका दर्जनौँ विमान ताईवानको प्रतिरक्षा क्षेत्रभित्र प्रवेश



एजेन्सी । ताइबानले चीनका दर्जनौँ विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको आरोप लगाएको छ । शुक्रबार एकै दिन भएको घटनालाई बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ । बिबिसीका अनुसार परमाणु बम खसाल्ने क्षमतासहितका चिनियाँ विमानहरू ताइबानको एअर डिफेन्स आइडेन्टीफिकेसन जोन हवाइ प्रतिरक्षा पहिचान क्षेत्रभित्र छिरेको ताइबानको रक्षा मन्त्रालयले जनाएको छ । ती विमानहरु शुक्रबार दुई चरणमा गरी प्रवेश गरेको उक्त मन्त्रालयको भनाइ छ ।

ताइवानको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गर्दै चिनियाँ पिपुल्स लिवरेसन आर्मीका २५ विमान आफ्नो दक्षिण—पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीभित्र पर्ने प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको छ । साथै शुक्रबार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेको र ती ताइवान तथा फिलिपिन्सको समुद्रमाथि उडेको बताइएको छ । शुक्रबार उडेकामध्ये ४ वटा परमाणु हतियार बोक्ने क्षमताका एच–६ बमवारि गर्ने विमानहरू थिए भने १ विमान चाहिँ पनडुब्बीमाथि आक्रमण गर्ने क्षमता राख्ने खालको थियो ।

चिनियाँ विमानहरु एकपछि अर्को घुस्दै गएपछि लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको समेत परिचालन गरेको थियो । साथै उसले आफ्नो क्षेप्यास्त्र प्रणाली समेत तैनाथ गरेर प्रतिक्रिया जनाएको बताइएको छ । चीनले ताइवानलाई आफ्नो एक प्रान्तको रूपमा हेर्ने गरेको छ । तर ताइवानले भने आफूलाई छुट्टै सार्वभौम देश ठान्दै आएको छ । यस कुरामा चीन र ताइबानबीच विवाद कायम छ । ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ। शनिबार ताइवानका प्रधानमन्त्री सु जिन चाङले पत्रकारहरुसँग भने, ‘चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ । तर यसबारे चीन सरकारले भने अहिलेसम्म कुनै पनि सार्वजनिक टिप्पणी गरेको छैन । विगतमा भने चीनले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा गर्न तथा ताइवान र अमेरिकाबीचको साँठगाँठविरुद्ध लक्षित रहेको बताउने गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


विश्वभरी चर्चामा किमको नयाँ फेसन, माथि सुट पाइन्ट र तल चप्पल



एजेन्सी । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो ।

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपंक्ति अनुशासित हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

ट्याङकरले कारलाई ठक्कर दिँदा वीरगन्जमा ३ भारतीय नागरिकको मृत्यु



वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २३, भोलहीमा पर्ने वीरगन्ज–पथलैया सडकखण्डमा एक ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे उक्त दुर्घटना भएको हो । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आइरहेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी कारका चालक भारतको बिहार मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालकको उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने अन्य दुईजनाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याङकरका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

भारतलाई जिताउन नेपाली फुटबल टोलीका कोच अलमुताइरीलाई कारबाही !



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताए । उनले साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका प्रतिबन्ध लगाएको बताए ।

उनले भने, ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो । उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे। ‘मलाई निकै दुख लागेको छ । साफले मलाई किन निशानामा राखेको छ । मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे ।

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास) मा समेत जाने उनले बताए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो। अलमुताइरीले नियम विपरित कारवाही गरे साफले फुटबल विकासबारे गर्ने कुरा बेकार हुने बताए । उनले आफ्नै नियम नमान्ने साफबाट केहि अपेक्षा गर्ने भन्ने प्रश्न गरे । ‘साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरो लागि आफ्नै नियमको सम्मान हुँदैन । खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । यदि साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारवाही गर्नु ठिक भएन,’ उनले भने ।

अलमुताइरीले आफू मैदानभित्र नभएपनि टोलीले उपाधिका लागि खेल्ने बताए । उनले भने, ‘म त्यहाँ भएपनि नभएपनि टोलीले उपाधिका लागि खेल्नेछ । तर यो न्याय भएन । हामीलाई अन्याय गरेर साफले राम्रो गरेन ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: