२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

फटाहा एमालेसँग चुनाव जितिँदैन, अब सातो खानु पर्छ : प्रचण्ड



काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनुभयो ।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नु भयो, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरी एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन् नि ! तिनको सातो खाने । पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे ।’

उहाँले थप्नुभयो, ‘छाती खोलेर भन्नु होलीले ल्याएको हो गणतन्त्र । हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं । यो देश हामीले बचाउनुपर्छ, गणतन्त्र हामीले बचाउनुपर्छ । देशको रक्षा गर्नुपर्छ ।

अध्यक्ष दाहालले भन्नु भयो, ‘शेरबहादुर जीले मलाई चुनावको नतिजा आइसकेको तर पार्टी एकता नभइसकेको अवस्थामा पाँच वर्ष प्रधानमन्त्री बन्न अफर गर्नुभएको थियो । मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइन ।’

उहाँले थप्नुभयो, ‘तर, डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस भनेर शेरबहादुर जीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो । अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक–पटक दोहो¥याउनुभयो । तर, केपी ओलीको जालझेल हन नसकेपछि आफूहरूले पार्टी भित्रैबाट विद्रोह गर्नुपरेको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: