साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार « Name of Truth News : News Portal in Nepal
   ४ कार्तिक २०७८, बिहीबार
 |   Thu Oct 21 2021
Logo

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार



धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा पाँच दिन शेयर कारोबार भए । त्यसमा चार दिन नेप्से परिसूचक ओरालो लाग्यो भने एक दिन मात्रै उकालो यात्रा तय ग¥यो ।

झण्डै तीन हजार ३०० बिन्दु नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ६०० मा ओर्लेको छ । पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी पनि सुनिएको छ । यस्तै नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा व्याजदरमा भएको वृद्धिका कारण पनि शेयर बजारमा केही न केही प्रभाव परेको देखिन्छ ।

एकाध मानिसले ठूलो परिमाणमा शेयर कर्जा लिएको तथ्य पनि सार्वजनिक भएको छ । यस्तै लगानीकर्ताका केही सङ्घ तथा सङ्गठनले आन्दोलनका कार्यक्रम जारी राखेका कारण बजारले सोचेजति गति लिन नसकेको देखिन्छ । साताभर कूल २३३ कम्पनीको शेयर कारोबार भयो । साताभर कूल पाँच करोड ५२ लाख २२ हजार ६५७ कित्ता शेयर रु २६ अर्ब नौ करोड ५१ लाख ६३ हजार ६५४ मूल्यमा खरिद बिक्री भए ।

शेयर कारोबार हुने साताको पहिलो आइतबार नेप्से परिसूचकमा उच्च अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार त्यस दिन नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा सीमित भयो । कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर रु छ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मा खरिद बिक्री भए । त्यसदिनको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा ओर्लियो ।

आइतबार सामूहिक लगानी कोषबाहेक अरु १२ उपसमूहको शेयर ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको खरिद बिक्री भयो । सोमबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यसदिन नेप्से परिसूचक ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा सीमित भयो ।

कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको थियो । त्यसदिन १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो । मङ्गलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पूँजीकरण पनि घट्यो । त्यसदिन नेप्से ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लियो । कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर रु पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर रु ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुग्यो । त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो ।

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकमा रु १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको खरिद बिक्री भयो । बुधबार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अङ्कले उकालो लागेर ५०३.४६ मा पुग्यो । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेन । कूल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर रु पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ मा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुग्यो ।

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अङ्कको गिरावट आयो । नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर रु तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लियो ।


प्रतिक्रिया दिनुहोस !


पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

ओली प्रतिगमनकारी हुन्, अष्टलक्ष्मी जी किन टाँसिनु भएको ? मार्गप्रशस्त गर्नुस् : पाण्डे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता एवम् गठबन्धनबाट मुख्यमन्त्री उम्मेदवार राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । ‘३९ दिन भयो, उहाँ अल्पमतमा परेको । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । तर, आजसम्म उहाँ किन टाँसिएर बस्नुभएको हो मलाई अचम्म लागेको छ,’ प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा पाण्डेले भने, ‘म उहाँलाई मार्गप्रशस्त गर्न आग्रह गर्दछु ।’

उनले चार दलीय गठबन्धन किन बन्यो भन्ने कुरा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राम्रो जानकारी भएको बताए । ‘केपी ओली प्रतिगमनकारी हुन् । उनलाई कमरेड भन्न मन नै छैन । उनी कम्युनिष्ट नै होइनन् । उनले संविधानमाथि हमला गरे । संसद्‌लाई समाप्त गर्ने कोसिस गरे भनेर अष्टलक्ष्मीजीले गर्नुभएको भाषण अहिले पनि ताजै छ,’ पाण्डेले भने, ‘अब फेरि उहाँ ती नै मान्छेहरुसँग उभिएर मुख्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । तर हामी प्रतिगमनको विरुद्धमा उभिएको गठबन्धनमा छौँ । त्यसैले उहाँलाई विश्वासको मत दिन सक्दैनौँ । नेता पाण्डेले गठबन्धन संविधान, संघीयता र समावेशिताको रक्षाका लागि बनेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस !

बागमतीमा पनि ढल्दै एमालेको सरकार, पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । गठबन्धनको बिहीबार हेटौडामा बसेको बैठकले काँग्रेस नेता इन्द्रबहादुर बानियाँको सम्भावनालाई टार्दै नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति जुटाएको हो । यो सहमति पछि पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निकट बानियाँको पक्षमा वातावरण बनाउन कांँग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पुगेका थिए । तर महतले गठबन्धन भित्र मुख्यमन्त्रीमा पाण्डेलाई अगाडि बढाउने सहमति जुटाएर फर्केका छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन नेकपा एससहित माओवादी केन्द्र र नेपाली कांँग्रेसले सहमतिमा हस्ताक्षर गरिसकेका छन् । पाण्डे माधव नेपालका विश्वास पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: