१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

१९ महिनापछि पूर्णरुपमा खुल्यो जोगबनी नाका



विराटनगर, १६ असोज

कोरोना संक्रमण महामारीले १९ महिनादेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगबनी जोड्ने जोगबनी नाका आजदेखि पूर्णरुपमा खुल्ला गरिएको छ ।

११ असोजको मन्त्रिपरिषद्ले नाका खोल्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन । सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहे पनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो ।

शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुई पाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय