१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

जुम्लाका युवा जारकोत बिक्री गर्न घोराहीमा



जुम्ला युवा जारकोत बिक्री गर्न घोराहीमा देउखुरी , १६ असोज : जुम्लामा उत्पादन भएका अल्लो कपडाको जारकोत बिक्रीका लागि दाङको घोराहीमा आएका युवा । तस्वीर : रञ्जिता अधिकारी÷रासस

जुम्लामा उत्पादन भएका अल्लो कपडाको जारकोत बिक्रीका लागि दाङको घोराहीमा आएका युवा । तस्वीर : रञ्जिता अधिकारी÷रासस


प्रतिक्रिया दिनुहोस !


महिनावारी हुँदा घरमा बस्ने पातारासीका दुई जोडी सम्मानित



जुम्ला, ११ कात्तिक

पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ । महिनाबारी तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई ढाकाटोपी र पछ्याैरा ओढाएर सम्मान गरिएको हाे । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरुलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई हौसलास्वरूप सम्मान गरिएको हो ।

कर्णाली प्रदेशको जुम्लामा कूरीतिका रूपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ । महिनावारी भएका बेला गाईको गोठमा बस्ने परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप गाउँ छुइगोठ मुक्त गरिएको छ ।

महिनावारी भएका बेला गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

अहिले जनावरले उचालेको एमालेको झण्डा केही समयपछि बाँदरको हातमा पुग्छ : नेपाल



न्युज कारखाना ।

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा अहिले अवस्थामा कुनै पार्टीसँग एकता नहुने बताएका हुन् ।

अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेकाले देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् । एमालेको महाधिवेशनमा गैँडाले एमालेको झण्डाको  विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने,‘एमालेको झण्डा अहिले जनवारले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १०औं महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताए । ‘नजाने गाउँको बाटो नसोध्नु,’ उनले भने,‘एमाले एउटा प्राइभेट कम्पनी हो । त्यससँग कुनै पनि हालतमा एकता हुन्न ।’ अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस !

कोभिडले सुस्ताएको होटेललाई कांग्रेस महाधिवेशनले राहत



खोटाङ, ९ मंसिर

कांग्रेस अधिवेशनका कारणा खोटाङका होटेल व्यववसायीले केही राहत महसुस गरेका छन् । कोभिड-१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र सिमपानीका होटेलहरू कांग्रेस अधिवेशनकाे जमघटका कारण चलायमान बन्न पुगेको छन् ।

होटेल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राईका अनुसार महामारीका कारण घाटा बेहोरिरहेका होटल सञ्चालकलाई अधिवेशनले राहत दिएकाे छ । ५-६ दिनयता दिक्तेल बजारका होटेल व्यवसायीलाई ग्राहकको सेवा गर्न भ्याइनभ्याइ छ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका कारण दिक्तेल बजारका अधिकांश होटेल भरिएका छन् । छोटो समयका लागि भए पनि व्यवसायीलाई राहत महसुस गराएको राईले बताए ।

जिल्ला अधिवेशनका लागि क्षेत्रीय कार्य समिति (प्रदेश ख)बाट एक हजार तीन सयभन्दा बढी प्रतिनिधि दिक्तेलमा भेला भएका छन् । प्रतिनिधिसँगै नेता तथा कार्यकर्ता समेत भेला भएका छन् । ६ मंसिरका लागि तोकिएको जिल्ला अधिवेशनन चुनावी प्रकृयाका कारण चार दिन लम्बिदा होटेल व्यवसायीलाई फाइदा मिलेको छ ।

होटेल तथा पर्यटन व्यवसायी संघका अनुसार दिक्तेलमा साना तथा ठूलागरी १६० वटा जति होटेल छन् । अधिवेशनले गराएको जमघटले दिक्तेलमा दैनिक लजिङ-फुडिङमा कम्तीमा १३-१४ लाखको कारोबार भइरहेको व्यवसायी बताउँछन् । उद्योग बाणिज्य संघ खोटाङका पूर्वअध्यक्ष राजु लयालुका अनुसार दिक्तेल बजारका होटल सञ्चालकले कोभिड-१९ को महामारीपछि यो मात्रामा आम्दानी गरेको पहिलो हो ।

कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिवेशनन हलेसी र (प्रदेश ख)को अधिवेशन सिमपानीमा ३ मंसिरमा गरिएको थियो । क्षेत्रीय अधिवेशनले पनि हलेसी र सिमपानीका होटल व्यवसायी लाभान्वित भएका छन् । ‘कोभिडले सुस्ताएको होटल व्यवसायलाई कांग्रेसको अधिवेशनले केही राहत दिएको छ । पाँच दिनमा दुई हजार मान्छेको चलखेल हुँदा दैनिक खानामा मात्र १४ लाख रुपैयाँ खर्च हुन पुगेको देखिन्छ,’ पूर्वअध्यक्ष लयालुले भने, ‘बजार केही चलायनमा भएको छ । व्यवसायीमा उत्साह जगाएको छ । यो बीचमा दुईदेखि अढाई करोडको व्यापार भएको आंकलन गरिएको छ ।’

कोभिड-१९ को महामारीका कारण हलेसीका दर्जनौं सुविधासम्पन्न होटल सुस्ताएको अवस्था छ । हलेसी मन्दिर आउने पर्यटक एवं दर्शनार्थी नै होटलका ग्राहक हुन् । तर, महामारीयता सुनसान जस्तै छ । पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापार-व्यवसायमा समेत असर परेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: