२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

एमसीसीमा एमालेको ढुलमुल, प्रधिनिधिले मागे स्पष्ट जवाफ



काठमाडौं । शनिबार नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन सामूहिक छलफलमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा महाधिवेशनका प्रतिनिधिहरूले आफ्ना थुप्रै धारणाहरु राखेका छन् । पार्टीले व्यक्ति नभई संस्थालाई स्थापित गर्नुपर्ने, ७० वर्षे उमेर हद हटाउने कि राख्ने, सातै प्रदेशबाट उपाध्यक्ष चयन गर्नुपर्नेलगायत विविध धारणाहरु राखेका छन् । यस्तै, क्रममा केन्द्रीय निकाय तथा विभागका टोली भानुभक्त ढकालले आफ्नो धारणा प्रस्तुत गरे ।

उनले सामूहिक छलफलमा अमेरिका सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पार्टीको धारणा प्रष्ट पार्नुपर्ने धारणा व्यक्त गरे । एमसीसीको बारेमा पार्टीको एउटा धारणा आउनुपर्छ भनेर प्रतिनिधिहरूले कुरा उठाएको पनि उनले प्रष्ट रुपमा रुपमा बताए । यसैले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रुपमा बताउन पार्टीका नेतृत्वकर्ताहरुलाई उनको सुझाव छ ।

यसैगरी, बागमती प्रदेशबाट सोही टोलीका नेता आनन्द पोखरेल लगायत थुप्रै प्रतिनिधिले एमसीसीबारे पार्टीको धारणा मागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न जोड दिएका थिए । तर, सरकारबाट बर्हिगमन भएसँगै देउवा सरकारले के गर्छ त्यो हेर्ने बताउदै आएका छन् । सत्तामा हुँदा एमसीसी पास गर्न खोजेका ओली अहिले किन यसो भनिरहेका छन् भन्ने गहन प्रश्न उब्जिएको छ । साथै, अध्यक्ष ओली देउवा सरकारलाई केवल एमसीसी के गर्ने भनेर प्रश्न मात्र गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: