१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

जब ओली र विष्णु पौडेलले प्रतिनिधिहरुको मुखमा बुझो हालिदिए



काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज हलमा चलिरहेको नेकपा एमालेको भव्य विधान महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले प्रतिनिधिको मुखमा बुजो लगाईदिएका छन् । आफूविरुद्ध बोल्ने जो कोहीलाई बाँकी नराख्ने ओलीले आइतबार हलमा पार्टीका प्रतिनिधिले राखेको पार्टीमा व्यक्तिलाई प्राथमिकता दिइयो संस्थलाई ओझेलमा पारियो भन्ने प्रश्नको जवाफ दिँदै ‘कस्ले पुज्यो व्यक्तिलाई ? को व्यक्तिवादी ? हामी व्यक्तिवादी होइनौँ ? मूर्तिपूजक होइनौँ ? संस्था पूजक हौँ ? भनेर ओलीले प्रतिनिधिको मुखमा बुझो हालिदिएपछि प्रतिनिधिहरुको हाँसो चल्यो ।

भोजभतेरका लागि टेण्डर नै आह्वान गरेर तीन दिनदेखि सुरु भएको विधान महाधिवेशन आज अन्तिम दिन हो । अन्तिम दिन पार्टीका शीर्ष नेताहरुले समूहगत रुपमा बनाइएका टोली नेता अर्थात् प्रतिनिधिहरुले शनिबार राखेका धारणाहरुको दिए । शीर्ष नेताहरुको जवाफ सुनेर प्रतिनिधि हाँस्ने र हसाउने मात्र भएको हलमा सुनिन्छ । जबकि प्रतिनिधिहरुको धारणा थियो–कार्यकारी पद र ७० वर्षे उमेर हदमध्ये एक हुनुपर्छ । तर, आइतबारको महाधिवेशन बैठकले प्रतिनिधिहरुको धारणामा पूरै आगो लगाइदिएर खरानी पारिदियो । र, फेरि पूरानै थितीलाई मान्यता दिइयो । एमालेमा पूरानै सिस्ट चल्छ, कार्यकारी पद र ७० वर्षे उमेर हद ओलीको खटन हो भनेर उपमहासचिव विष्णु पौडेलले हाँसेर अथ्र्याइदिए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: