प्राविधिक समस्या नभएकैले विमान उडाएको बुद्ध एयरको स्पष्टिकरण, ‘परीक्षणमा खराबी नदेखिएपछि उडान’ « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

प्राविधिक समस्या नभएकैले विमान उडाएको बुद्ध एयरको स्पष्टिकरण, ‘परीक्षणमा खराबी नदेखिएपछि उडान’



बुद्ध एयरले गत असोज ११ गते बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ९एन-एजेओ र सोही दिन काठमाडौंबाट विराटनगर उडेको एटीआर ९एन-एएनआई जहाजमा समस्या आएपनि प्राविधिक टोलीले परीक्षण गरी उडान गर्न स्वीकृति दिएपछि मात्रै उडाएको बताएको छ। 

आइतबार खण्डन पत्रमार्फत बुद्ध एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले प्राविधिक समस्या आएका दुवै जहाजलाई सफल रुपमा काठमाडौं अवतरण गराएर प्राविधिक जाँच गरिएको जनाएका छन्। उनले कम्पनीले कहिल्यै यात्रुको सुरक्षासँग सम्झौता नगरेको पनि स्पष्ट पारेका छन्। 

प्राविधिक जाँच पछि जहाज उडाउन योग्य भनी रिपोर्ट आएपछि मात्रै ९एन-एएनआई जहाज असोज १२ गते उडाएको कम्पनीले दाबी गरेको छ।

साथै, कम्पनीले काठमाडौंदेखि विराटनगर उडेको जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत जाँच गरी उडान भर्न स्वीकृति दिएपछि असोज १२ देखि उडाएको जनाएको छ।  

‘हाम्रो प्राविधिक टिम र नेपाल नागरिक उड्डयन प्राधिकरणले मिहिन ढङ्गले परीक्षण गरी केही खराबी नभेटिएपछि उडान गरेका हौं,’ कम्पनीका  प्रबन्ध निर्देशक बस्नेतले जारी गरेको खण्डन पत्रमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !


विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: