२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

एमालेको नयाँ लोगो र एप सार्वजनिक



काठमाडौं । नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ । ललितपुरको गोदावरीमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले एप्सको शुभारम्भ गरेका हुन् ।

उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राख्नेछ ।

पले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ भने पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिनेछ ।

यस्तै एमालेले पार्टीको नयाँ लोगो पनि सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष ओलीले एप सार्वजनिक गरेका हुन् । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

पार्टीको निर्णय र अपानिहरु एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: