१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

बढाएको तलब माग गर्दै विद्यालय कर्मचारी आन्दोलित



सीपी लोहिया/न्युज कारखाना

बैतडी, १७ असोज

बैतडीको दशरथचन्द नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । संघीय सरकारले तोकेबमोजिम आफूहरूको तलब-भत्ता बढ्नुपर्ने माग राख्दै उनीहरू आन्दोलित भएका हुन् ।

संघीय सरकारले बजेट भाषणमा घोषणा गरेअनुसारको तलब-भत्ता हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकामा ज्ञापनपत्र बुझाइएको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन् । उनले भनिन्, ‘हामी दशथचन्द नगपालिकामा ७१ जना बालविकास सहयोगी कार्यकर्ता छौँ । हामीमध्ये सबै जना कम्तीमा पनि १५ वर्ष काम गरेका छौँ । हामीले बालबालिकाहरूलाई मात्र नभई विद्यालयमा सातवटै पिरयड पढाउनुपर्ने हुन्छ । हाम्रो यसै कुरालाई मध्यनजर गरी संघीय सरकारले तलब बढाएको हो तर स्थानीय सरकारले बढेको तलब दिन आनाकानी गरेको छ ।’

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यालय कर्मचारीहरूले बताएका छन् । बालविकास सहयोगी कार्यकर्ता मञ्जु भट्टले भनिन्, ‘हामीले गत साउन महिनादेखि बढेको १५ हजार रुपैयाँ तलब पाउनुपर्ने हो तर दशरथचन्द नगरपालिकाले आनाकानी गरिरहेको छ । स्रोत छैन भन्छ । हाम्रा लागि बढाइएको तलब नपाएसम्म आन्दोलन गर्छौं । पहिलो चरणमा ज्ञापनपत्र बुझाएका हौँ । माग पूरा नभएको खण्डमा तालाबन्दी, धर्नालगायतका विरोधका कार्यक्रम गर्छौं ।’

विद्यालय सहयोगी मानमती महरले भनिन्, ‘शिक्षक, विद्यार्थी र अरू विद्यालयका कर्मचारी १० बजे विद्यालय आए पनि हुन्छ । तर, हामी एक घण्टा अघि नै स्कुल आउँछौँ । स्कुल बन्द भएपछि फर्किन्छौँ । विद्यालयको सरसफाइदेखि बच्चाहरूका लागि खाना पकाउने, भाँडाकुँडा धुनेलगायतका काम गर्छौं । विद्यार्थीहरूको दिशापिसाबसमेत सफा गर्छौं तर तलब चार हजार मात्र पाउँछौँ । त्यसैले सरकारले तोकेको १५ हजार रुपैयाँ पाउनुपर्छ ।’

संघीय सरकारले विद्यालय कर्मचारी र बालविकास सहयोगी कार्यकर्ताको तलब कम्तीमा १५ हजार रुपैयाँ पुर्‍याइदिने बजेट भाषणमा घोषणा गरेकाले सोहीअनुसार तलब पाउनुपर्ने उनीहरूको माग छ । यस विषयमा दशरथचन्द नगरपालिकाले निर्णय गर्न बाँकी रहेकाले छलफलपछि निर्णयमा पुग्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए ।

संघीय सरकारले विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता र लेखापालको तलब कम्तीमा १५ हजार रुपैयाा पुर्‍याउने भने पनि आधा रकम संघीय सरकारबाट प्राप्त हुने र आधा रकम स्थानीय तहले थप्नुपर्ने भनेको थियो । तर, बैतडीका केही स्थानीय तहले बढेको तलब खुवाउन थालेका छन् भने केहीमा रकमको स्रोत छैन भन्दै आनाकानी गर्दा विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


एमाले महाधिवेशन : मतगणना जारी, ओलीको अग्रता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।

ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका निर्वाचन समितिले जनाएको छ । चितवनमा आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मंगलबार बिहान ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो ।दुई हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको जानकारी गराइएको छ । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

एमाले अध्यक्षमा पुनः ओली : ओलीलाई १९०० मत, रावलको पक्षमा १९६ मत पर्‍यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस !

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ



काठमाडौं, १४ मंसिर 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए ।

आज नै उनले पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: