२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

नर्भिक हस्पिटलका संस्थापक बसन्त चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया



नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक बसन्त चौधरीको मुटुको शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको अस्पतालले जनाएको छ । परिवारसँग छुट्टी मनाउन दुबई पगेका बखत स्वास्थ्यमा समस्या आएपछि उनकाे त्यहीँकाे अस्पतालमा उपचार गरिएकाे हाे ।

अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् । अब दुई दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । गत ८ असोजमा अचानक स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: