२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रबेश



अधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसलाई ब्याँस गाउँपालिकामा झट्का लागेको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मंगलसिंह धामी नै एमालेमा प्रबेश गरेका छन् । काठमाण्डौँमा सम्पन्न नेकपा एमालेको विधान महाधिबेशनमै गएर नेकपा एमालेमा प्रबेश गरेको नेकपा ब्याँस गाउँकमिटि सचिव नारद दत्त भट्टले बताउनु भयो । ‘वडाध्यक्ष जी ले नेकपा एमालेको कम्युनिष्ट आन्दोलन रुचाएर हाम्रो पार्टी एमालेमा आएका हुन्’ एमाले ब्याँसका सचिव भट्टले भन्नुभयो ।

कम्युनिष्ट पृष्ठभूमिबाटै राजनीतिक यात्रा सुरु गरेको ब्याँस गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिंह धामी २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । सामाजिक प्रभाव राख्न सफल वडाध्यक्ष धामी राजनीतिक यात्रा सुरु गरेको कम्युनिष्ट आन्दोलनमै फर्किएका हुन् ।

दास मानिसिकताबाट माथि उठेर राजनीति गर्नुपर्ने भन्दै एमालेमा प्रबेश गरेका हुन् । आफूले एमालेको नीति र विधान रुचाएर एमालेमा प्रबेश गरेको वडाध्यक्ष धामीको प्रतिक्रिया दिएका छन् ।

ब्याँस गाउँपालिकाका ६ ओटा वडामध्ये अब चार ओटा वडामा एमाले बिचारधाराका वडाध्यक्ष भएका छन् । वडा नम्बर १, ३ र ४ मा यसअघि एमालेबाट निर्वाचित वडाध्यक्षहरु छन् । वडा नम्बर ५ का वडाध्यक्षले पनि एमालेमै प्रबेश गरेकाले कांग्रेसबाट निर्वाचित वडाध्यक्षको संख्या दुईमा खुम्चिएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु रहेका छन् । यसअघि एमाले र कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु बराबरी रहेकोमा कांग्रेस खुम्चिएको छ । अब वडा नम्बर २ र वडा नम्बर ६ मा मात्रै कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु रहेका छन् ।

सामाजिक रुपान्तरणका लागि एमालेको नीति र विधान जनमुखी भएकाले एमालेमै रहेर राजनीतिक गर्ने भन्दै वडाध्यक्ष धामीले एमालेमा प्रबेश गरेको एमाले नेता एवं वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले बताउनु भयो । ब्याँस गाउँपालिकामा भए गरेका गलत कार्यहरुको भण्डाफोर गर्न झन् सहज भएको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिक्रिया छ । स्थानीय सरकारका गतिविधिहरु कार्यकर्तामुखी भन्दा जनमुखी बनाउन सशक्त ढंगले जनताको पक्षमा रहेर एकजुट भएर काम गर्ने वडा नम्बर ३ का वडाध्यक्ष धामीले बताएका छन् ।

वडा नम्बर ५ क्षेत्रमा ठूलो पकड बनाएका र प्रभावशाली नेताका रुपमा रहेकाले एमालेमा प्रबेश गर्दा कांग्रेसलाई झन् घाटा हुने देखिन्छ । वडाअध्यक्ष धामीले कांग्रेसलाई धोका दिएको कांग्रेसका नेताहरुले प्रतिक्रिया दिएका छन् । -नयाँनेपालएफएम


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: