२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

अफसोर कम्पनीमा केन्याका राष्ट्रपतिको परिवारको तीन करोड डलर अवैध धन



एजेन्सी
नैरोबी, १८ असोज

केन्याका राष्ट्रपति युहुरु केन्याटाको परिवारको नाममा अफसोर कम्पनीमा वषौंदेखि लाखौं डलर लुकाएर राखेको पानामा पेपर्सको दस्तावेजमा खुलासा गरिएको छ ।

राष्ट्रपति केन्याटा र उनको परिवारका ६ जनाको नाममा १३ अफसोर कम्पनीमार्फत तीन करोड डलर रकम लुकाएको खुलासा भएको हो ।

सन् २००३ मा पानामा भेराइज नाममा केन्यामा फाउन्डेसन स्थापना गरिएको थियो र त्यसको पहिलो संरक्षक केन्याटाकी ८८ वर्षीया आमा एन्जिना राखिएको थियो । त्यस्तै, दोस्रो संरक्षकमा राष्ट्रपति केन्याटाको नाम थियो । आमाको मृत्युपछि छोरा स्वतः उत्तराधिकारी हुने व्यवस्था थियो ।

सम्पत्तिको वास्तविक मालिकको खोजी हुन थालेपछि पानामा फाउन्डेसनमा केन्याका राष्ट्रप्रमुखको लगानी रहेको सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: