२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

मुलुकभर थप १०३० जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८७४जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय १२ जना र ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९० हजार २५६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १००० जना कोरोनामुक्त भए, १० को मृत्युकोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७० हजार २२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर१० हजार ८७४जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख २६ हजार ६०१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: