१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

निधिले भारतीय दूतावासमा एआईजी बनाउन सुझाव लिए, ४ डिआईजीले आफै पुगेर गुलामी गरे



काठमाडौं । नेपालको आन्तरिक मामिलामा भारतले माइक्रो म्यानेजमेन्ट गर्ने गरेको विषयमा कुनै नौलो होईन । पत्रकार सुधिर शर्माको प्रयोगशाला, चक्र व्यूहमा चन्द्र सूर्यजस्ता दर्जनौ पुस्तकमा पनि भारतको हस्तक्षेपका विषयमा सविस्तार बयान गरिएको छ । त्यती मात्रै होईन, भारतीय गुप्चर संस्था रअका पूर्व प्रमुख एसडी मुनिको मिसन रअ र आरके यादवको पुस्तकमा पनि भारतको हस्तक्षेपको चर्चा गरिएको छ । नेपालका राजनीतिक दल भित्र भारतीय एजेन्टहरु कसरी सक्रिय छन् भन्ने विषयमा भने नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तकले पनि नयाँ खुलाशा गरेको छ । उनको पुस्तकमा एक जना नेपालको प्रभावशाली नेताले पदमा रहँदा कसरी भारतीय दूतावासको गुलामी गरेको गर्थे भन्ने विषयमा एउटा घटना सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति तथा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पदमा रहँदा कसरी भारतीय दूतावासको तावेदारी गरेका थिए भन्ने विषयमा राजदूत रेले सविस्तार लेखेका छन् । उनले आफू गृहमन्त्री रहँदा नेपाल प्रहरीको प्रमुख ‘आइजी’ कसलाई बनाउने भनेर भारतीय दूतावासलाई सोधेको र दुतावासकै सल्लाहका आधारमा नवराज सिलवालको नाम सिफारिस गरेको पाइएको छ । हाल नेकपा एमालेका सांसद रहेका सिलवाललाई गृहमन्त्री निधिले आइजीपी बनाउन चाहेको तर तत्कालिन कांग्रस सभापति तथा हालका प्रधानमन्त्री शेर बहादुर देउवाले जय बहादुर चन्दलाई आइजी बनाउन चाहेको उनको पुस्तक ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज) मा लेखेका छन् ।

२०७३ फागुनमा भएको नेपाल प्रहरीको आइजीपी नियुक्तीको विवादमा तत्कालिन गृहमन्त्री निधिले दूतावासलाई सोधेर लाचार भूमिका देखाएको पुष्टि भएको हो । निधिले राजदूत रेलाई फोन गरेर आइजी नियुक्तीमा दूतावासको राय मागेका थिए । ‘मैले वरिष्ठता र मेरिट आधारमा जुन उम्मेद्वार अघि आउँछ, त्यही छानिनू उपयुक्त होला भनेर सुझाएको थिएँ, ’ पूर्व राजदूत रेले आफ्नो पुस्तकमा लेखेका छन् ।

त्यतिबेला आईजीपीका उम्मेदवार चारै जना प्रहरी नायब महानिरिक्षक (डीआईजी) नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी भारतीय दूतावास पुगेको उनको दाबी छ । उनका अनुसार त्यसबेला गृहमन्त्री निधीले चाहेका आईजीपी उम्मेद्वार नवराज सिलवाल थिए । गृहमन्त्री निधिले त्यतिबेला सिलवाललाई नै आइजीपी बनाउन सिफारिस गरेका थिए । तर, मन्त्रिपरिषदले भने तत्कालिन डिआइजी जय बहादुर चन्दलाई आइजीपी नियुक्त गरेको थियो । सिलवालले किर्ते कार्यसम्पाद मुल्यांकन तयार पारेर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको खुलाशा भएको थियो । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरेर मुद्दा चलाउनु पर्ने भएपनि शक्ति केन्द्रको आडमा उन्मुक्ति पाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: