२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

रिक्त रहेको सचिव पदमा बढुवाका लागि सहसचिव पन्थको नाम सिफारिस



काठमाडौं । एक रिक्त रहेको सचिवमा बढुवाका लागि सहसचिव रविलाल पन्थको नाम सिफारिस भएको छ । सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जेष्ठताको आधारमा रबिलाल पन्थको नाम सिफारिस गरेको हो । पन्थको नाम यस अघि २ पटक बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस भइसकेको छ । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्नेछ । पन्थ अहिले लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका जिम्मेवारीमा छन् । बढुवा भएपछि सम्भवत उनलाई कुनै पनि प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइने छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: