२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

एमालेमा विचार छैन, सूर्य चिन्ह मात्रै छ : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले विचारले नचलेको पार्टी भएको बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एमालेमा विचार नभएको बताएका हुन् ।

एमालेमा विचारमा बहस नहुने गरेको पनि उनको आरोप छ । ‘एमालेमा विचार–सिचार भन्ने हुँदैन । त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन् । जबज छ । अहिले मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ,’ दाहालले भने ।

एमालेका दोस्रो तहका नेताहरूबाट आफूहरूले आश गरे पनि धोका पाएको दाहालको भनाइ थियो । उनले अगाडि भने, ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने गर्‍याछन् । त्यही स्वार्थका लागि मिल्छन् ।’

नेकपा माओवादी केन्द्र पनि अरु पार्टीकै पथमा जान लागेकाले बेलैमा सच्चिनुपर्ने दाहालको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: