साफ च्याम्पियनसिप, नेपालले श्रीलंकालाई २२ वर्षपछि हरायो « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

साफ च्याम्पियनसिप, नेपालले श्रीलंकालाई २२ वर्षपछि हरायो



काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो । पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो ।माल्दिभ्समा भएको खेलमा नेपाललाई जित दिलाउनको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले समान एक/एक गोल गरे । श्रींलकाको लागि मार्भिन हामिल्ट र डिलिअन डि सिल्भाले गोल फर्काए । खेलको ३३ मिनेटमा लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनले नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए । सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलको ५१ औं मिनेटमा विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले घलानको पासमा गोल गरेका थिए ।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो । उसका लागि हामिल्टनले गोल गरे । खेलको ८६ मिनेटमा घलानले गाल गर्दै ३-१ को अग्रता दिलाए । उनले तेज तामाङको क्रसमा गोल गरेका थिए । आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाले पेनाल्टीमार्फत गोल गरेपनि हार टार्न सकेन । बक्सभित्र गौतम श्रेष्ठले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा डि सिल्भा चुकेनन् । लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।


प्रतिक्रिया दिनुहोस !


कांग्रेसद्वारा कुशवाहामाथि दुव्र्यवहार गर्नेउपर कारवाहीको स्वागत



नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कारवाही गर्न सरकारले अघि बढाएको प्रक्रियाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत राजनीति, प्रशासन तथा समग्र समाजमा रहेका बेथितिविरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै कानुन हातमा लिने, बलजफती र हुल हुज्जत गर्ने कार्य भने सभ्य समाजको परिचायक हुन नसक्ने बताउनुभएको छ ।

यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारवाहीको विषय बन्ने जनाउँदै उहाँले जनकपुरको घटनाले नेपाली इञ्जिनीयर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले सहकर्मीउपर गम्भीर दुव्र्यवहार हुँदा इञ्जिनीयर आक्रोशित र आन्दोलित हुनु स्वभाविक भएको जनाउँदै सुरु कानुनी कारवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास लिएको छ । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक तथा सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने कांग्रेसले स्मरण गराएको छ ।

हुलहुज्जतको बाटोबाट समुन्नत समाजमा पुग्न नसकिने उल्लेख गर्दै कांग्रेसले हरेक दल, नेतृत्व, सदस्य, समर्थक र नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकताका साथ थप सजगता तथा कडाइका लागि सरकारसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

विमलले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने



नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य विमल घर्तीमगरले आगामी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबबाट खेल्ने भएका छन् ।

युवा स्ट्राइकर विमल र साविक विजेता मछिन्द्र यस सिजन सँगै रहने निर्णय गरेका हुन् । गत सिजनसमेत मछिन्द्रबाट लिग खेलेका विमलले यस सिजनमा पनि खेल्ने निर्णय लिएका हुन् ।

क्लब स्रोतले न्युज कारखानालाई पुष्टि गर्दै युवा खेलाडी विमल यस सिजन क्लबसँग रहने बताएको हो । ‘यस सिजनसमेत विमल क्लबमै रहनेछन् । विमल र क्लब सम्झौता नवीकरण गर्न तयार भएका छौं,’ क्लब स्रोतले न्युज कारखानालाई बतायो ।

क्लबले भोलि (आइतबार) दिउँसो २ बजे पत्रकार सम्मलेन गरेर विमललाई क्लबमा अनुबन्धन गर्दैछ ।

गत सिजनमा विमलले मछिन्द्रबाट अन्तिम खेलमात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गर्दा अन्तिम खेलमा मात्रै विमलले खेल्न पाएका थिए ।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्रममा विमलले घुँडाको एसियल गुमाएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावपछि कतार एफएले विमलको शल्यक्रिया कतार अस्पेटार अस्पतालमा गरेको थियो । त्यसयता, नेपाल फर्किएका विमल रिकभरीको हुने तयारीमा छन् ।

गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र पहिलो पटक लिगको उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।

यसपटक क्लबले कप्तान विराज महर्जनलाई विदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।

मछिन्द्रले यसपटक प्रशिक्षकमासमेत ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ । यसअघि मछिन्द्रले एएफसी लाइसेन्स प्रक्रियामा जान पिस पोइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सभापतिले महाधवेशन गर्न छाडेर जथाभावी बोल्दै हिँडे : वरिष्ठ नेता पौडेल



काठमाडौँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी निर्वाचन समितिको मात्रै नभएर केन्द्रीय समिति र केन्द्रीय नेतृत्वले लिनुपर्ने बताएका छन् । सुदूरपश्चिम भ्रमणमा रहँदा शुक्रबार धनगढीमा भएको पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नको जवाफमा ‘त्यसबारे निर्वाचन समितिले निर्णय गर्ने’ बताएका थिए । पौडेलले शनिबार कञ्चनपुर पुगेर महाधिवेशन गर्ने जिम्मा निर्वाचन समितिको मात्रै नभएको बताएका हुन् ।

उनले नेतृत्वले महाधिवेशन गर्ने जिम्मेवारी पूरा नगरेर जथाभावी बोल्दै हिँडेको भन्दै आलोचना गरे । ‘पार्टीको महाधिवेशन गर्ने काम निर्वाचन समितिलाई मात्रै जिम्मा दिएर हुँदैन । केन्द्रीय नेतृत्वले जिम्मा लिनुपर्छ । महाधिवेशन गर्ने जिम्मा केन्द्रीय समिति र केन्द्रीय नेतृत्वको हो । आमनिर्वाचन भन्दा पहिल्यै हाम्रो पार्टीको अधिवेशन हुन्छ,’ पौडेलले भनेका छन् ।

उनले आमनिर्वाचन भन्दा पहिल्यै पार्टीको महाधिवेशन हुने भएकाले अहिलेदेखि नै टिकट बाँड्दै नहिँड्न आग्रह गरेका छन् । ‘पार्टीको महाधिवेशन हुन्छ, निर्वाचन हुन्छ, नयाँ पदाधिकारी आउँछन् । यहाँ को-को हो ? अहिल्यै टिकट बाँड्दै हिँडिरहेका छन् अरे,’ पौडेलले अघि भने, ‘टिकट बाँड्न अरु नै आउँछन् । जुनियरहरु आउँछन् ।’

उनले संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइएको तर्फ ध्यानाकर्षण गराए । ‘संविधानमाथि आक्रमण गर्दा केपी ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइसकिएको छ । अनि हामीले त्यही संविधान नमान्दा हाम्रो के हालत हुन्छ ? कि हामीलाई कानुन नलाग्ने हो ? संविधानको व्यवस्थाबमोजिम पार्टीको महाधिवेशन यथाशीघ्र गर्नुपर्नेतर्फ संकेत गर्दै पौडेलले प्रश्न गरे ।उनले कांग्रेसलाई संकटबाट मुक्त गराउन र लोकतन्त्रलाई संकटबाट पार लगाउन सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर, उच्च मनोवलका साथ अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: