२१ मंसिर २०७९, बुधबार
 |   Wed Dec 7 2022
Logo

प्रधानन्यायाधीशले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार गलत : प्रवक्ता कार्की



काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले रातोपाटीसँग भने । यसअघि मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको प्रचार भएको थियो । उक्त प्रचारको सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ । उनले आजै बिहान गठबन्धनका शीर्ष नेताहरुबीच चाँडै मन्त्रिपरिषद विस्तारबारे छलफल भएको पनि बताए ।

बिहान शीर्ष नेताबीच छलफल भएको छ । सकभर चाँडै मन्त्रिमण्डललाई पूर्णता दिन उहाँहरु सहमत नै हुनुहुन्छ’, कार्कीको भनाइ छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठकमा उनको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: