सरकार आयो, लालपुर्जा आएन « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

सरकार आयो, लालपुर्जा आएन



तेह्रथुम : तेह्रथुम छथर शुक्रबारे बजारमा सुमन खुलालले ६० लाख रुपैयाँ खर्चेर घर बनाए । सानो कच्ची घरमा व्यवसाय गर्दै आएका उनले सरकारले लालपुर्जा वितरण गर्ने खबर पाएपछी नयाँ घर बनाएका हुन् ।  ३१ वर्षदेखि बसोबास गर्दै आएका खुलाल पुर्जा पाउने आशमा वर्षाैं बिताए । तर, अझै पाउन सकेका छैनन् । विभिन्न तहका सरकार फेरिए । तर, नागरिकको समस्या फेरिएन । ‘स्थानीय सरकार आएपछि त पुर्जा पाइला भन्ने आश थियो । तर, त्यो पनि पूरा भएन’, उनले भने । उनी जस्तै चुडामणि जोशीले ६५ लाख रुपैयाँ खर्चर घर बनाएर व्यवसाय गर्दै आएका छन् । उनले पनि अहिलेसम्म पुर्जा पाउन सकेका छैनन् । खुलाल र जोशी जस्ता यहाँ करिब २५० घर लालपुर्जाविहीन छन् । स्थानीय सरकार आएको पनि चार वर्ष बित्यो । तर, यहाँको नागरिकहरूको समस्या सुल्झिएन ।

अव्यवस्थित रूपमा रहेको यो बजारमा ४० वर्षदेखि बसोबास गर्दै आए पनि अझै पुर्जा पाउन सकेका छैनन् । लाखौँ रुपैयाँ खर्चेर दर्जनभन्दा बढी पक्की तथा करिब ३०० घर कच्ची छन् । लालपुर्जा नहुँदा यहाँ निमार्ण भएका घर खरिद बिक्रीमा त समस्या छ नै, कुनै व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संंस्थाबाट ऋणसमेत नपाउँदा व्यवसाय चलाउन नै समस्या हुँदै आएको स्थानीय दुखेसो पोख्छन् । लाखाैँ रुपैयाँको घर भए पनि कुनै मुल्य नभएको स्थानीयहरू बताउने गरेका छन् ।

बजारमा निमार्ण भएका घरहरूलाई लालपुर्जा वितरणका लागि विभिन्न समयमा पटक पटक प्रयास नभएका भने होइनन् । सरकारलाई यहाँका स्थानीय निकाय तथा बजार व्यवस्थापन समितिले सिफारिस गरी माग गर्दासमेत सुनुवाइ नभएको बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीको भनाइ छ ।

२०५८ साल गठन भएको सुकुम्वासी समस्या समाधान आयोगले यहाँका ६० घरलाई धनीपुर्जा वितरण गरेको थियो । तर, ति धनीपुर्जासमेत कागज मै सीमित बनेका छन् । पुर्जामा १० वर्षसम्म बिक्री तथा लेनदेनसमेत गर्न नपाइने जनाइएको थियो । पुर्जा वितरण गरेको २० वर्ष बितिसक्दा पनि अन्यले पुर्जा पाउन सकेका छैनन् । स्थानीय सरकारले लालपुर्जा वितरणसम्बन्धी ऐन तयार गरी प्रक्रिया अगाडि बढाइएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । सरकारले लालपुर्जा वितरण गर्न नसक्दा बजारबाट प्राप्त हुने कर गुमाइरहेको छ ।

प्रकाश पाक्साँवा/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस !


एमालेको दशौँ महाधिवेशनको स्थान फेरियो



काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो । बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले जानकारी दिए ।

साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट देखिएका छन् ।​ यसैबीच दसौँ महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी पनि गठन गरिएको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरी प्रदेशसभा बैठक स्थगित



काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेशसभासमक्ष प्रस्ताव गरेकी थिइन् । तर विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: