१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भए : नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनु भएको छ । बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उहाँले एमाले सबै हिसाबले पतनको दिसामा गइसकेको दाबी गर्नुभयो । उहाँले एमाले एकजना व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्, च्यूत भइसकेको अब औपचारिक दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ । अध्यक्ष नेपालले अन्तिम प्रयास गर्दा पनि एमालेलाई बचाउन नसकिने निष्कर्षका साथ आफूहरूले नयाँ पार्टी निर्माण गरेको बताउनुभयो ।

नेता नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभयो । अर्को क्रान्तिकारी पार्टी बनाउनुपर्ने निष्कर्षका साथ भानुभक्त जोशी एकीकृत समाजवादी प्रवेश गरेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: