१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

अध्ययन टोलीको प्रतिवेदन भन्छ(‘नेपाल–चीनबिचको सीमा नाका नाक्चेलाग्ना मिचिएको छैन’

नेपाल–चीनबिचको सीमा नाका नाक्चेलाग्ना नाका नमिचिएको नेपालतर्फको अध्ययन टोलीको प्रतिवेदनले जनाएको छ । भदौ ३० गते देखि असोज ५ गतेसम्म नेपाल सशस्त्र प्रहरीसहित मुगु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोईरालाको टोलीले गरेको अध्ययन अनुसन्धानले सीमा नमिचिएको प्रतिवेदन सार्वनिक गरेको हो ।

अनुसन्धान टोलीमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी काईरालाले नेपाल–चीन सीमामा जोडिएको १३ नम्बर पिल्लर नाक्चेलाग्ना नाका र नेपालका अन्य भूमी चीनले नमिचेको बताएका छन् । उनका अनुसार नाक्चेलाग्ना नाकामा विगत र वर्तमान अवस्थामा सीमा मिचिएको छैन ।नाक्चेलाग्ना नाका समुद्री सतहदेखि ४ हजार ९ सय ८६ मिटरको उचाईमा रहेको छ । सदरमुकाम गमगढीदेखि पैदल यात्रा गरे नाकामा जानलाई ४ दिन लाग्छ । गमगढीदेखि सिमा नाकासम्म ९२ किलोमिटर दुरी रहेको छ ।

नाक्चेलाग्ना नाका चीनसँग जोडिएका अन्य नाकाभन्दा सहज नाकाका रुपमा पनि चिनिन्छ । हरेक वर्षको असार, साउनको समयमा यहाँ एक हप्तासम्म मेला लाग्ने पनि गर्छ । मेलामा चिनियाँ तथा नेपाली सामान खरिद बिक्री हुने गर्दछ ।तर, कोरोना महामारीका कारण उक्त मेला २ वर्षदेखि बन्द छ । दुई देशबीचमा व्यापार सन्तुलन गर्ने नाकाका रुपमा पनि चिनिँदै आएको मुगमकामारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरीङ क्याप्ने लामाले बताए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय