१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

एकीकृत समाजवादीका दुई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने निर्णय



काठमाडौं । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सत्ता गठबन्धन दलहरुबीच मन्त्रिपषिद्लाई शुक्रबार पूर्णता दिलाउनेसँगै प्रदेश नम्बर १ र बागमती प्रदेशको भावी मुख्यमन्त्रीमा पनि सहमति जुटेको छ । गठबन्धन दलको बैठकले दुवै प्रदेशमा माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) का दुई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री र प्रदेश नम्बर १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन तयार भएको छ । बागमती प्रदेशकी हालकी मुख्यमन्त्री अष्टलक्षमी शाक्ले भदौ २४ गते विश्वासको मत लिन लागेकी छन् । प्रदेश सभाको अंकगणितअनुसार उनले विश्वासको मत पाउने अवस्था छैन र उनले विश्वासको मत नपाएपछि स्वतः गठबन्धनबाट पाण्डे मुख्यमन्त्री बन्ने छन् । उता, प्रदेश नम्बर १ मा भीम आचार्यको ठाउँमा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: