२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

२ इन्सपेक्टरसहित २४ प्रहरी जिम्मेवारीबाट हटाइए



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा राम्रो काम नगरेको भन्दै २ प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित २४ जना प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

महानगरीय प्रहरी परिसर स्रोतका अनुसार उनीहरुलाई हाल कार्यरत ठाउँको जिम्मेवारीबाट हटाएर परिसर तानिएको हो । परिसर तानिनेमा महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक त्रिभुवन थापा र महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रहरी निरीक्षक रमेश विष्ट रहेका छन् ।

यस्तै, अन्य २२ जना प्रहरी नायव निरीक्षक, सहायक निरीक, हवल्दार र जवान छन् । जिम्मेवारी प्राप्त क्षेत्रमा सन्तोषजनक रुपमा काम नगरेको पाइएकाले जिम्मेवारीबाट हटाएर तालुक निकायमा तानिएको महानगरीय प्रहरी स्रोतको भनाइ छ ।

परिसर स्रोतले जिम्मेवारीबाट हटाएर परिसर तानिएकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय