१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

अनामनगरबाट सर्दै मण्डला नाटक घर



सन् २००८ मा स्थापना भएको मण्डला नाटक घर अनामनगरबाट सर्ने भएको छ । मण्डला थियटर नेपाल संस्था स्थापना गरेर सञ्चालन भइरहेको नाटक घर अनामनगरबाट थापागाउँ सर्ने तयारी गरेको हो । अनामनगरमा थियटरको क्रियाकलापका लागि ठाउँ अपुग भएनाले नयाँ स्थान र भवनमा सार्न लगिएको संस्थाका सचिव विजय बरालले बताए ।ुहामीलाई प्राक्टिस, रिहर्सलसहित विभिन्न गतिविधिका लागि ठाउँ अपुग भएको हो,ु उनले भने ,ुयसका साथै पार्किङको पनि यहाँ सुविधा छैन ।ु

मण्डलाको नयाँ भवनमा ठूलो र सानो गरी दुई थिएटर रहनेछन् । ठूलोमा एक सय ७८ सिट र सानोमा ६० सिट रहने उनले बताए ।बरालले नयाँ भवनमा पुसबाट नाटक मञ्चन गर्ने तयारी रहेको बताए । ुहामीले नयाँ भवनको काम गरिरहेका छौँ, छिटोमा मंसिरमा सर्छौँ,ु उनले भने । मण्डला थियटर नेपालमा १३ जना सदस्य छन् । नयाँ भवनमा पार्किङ, कफी सपलगायत रहनेछन् । जसले नाटक हेर्न आउने दर्शकलाई थप सुविधा मिल्ने विश्वास थियटरको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: