देशभर कति मन्त्रालय, कति मन्त्री ? « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

देशभर कति मन्त्रालय, कति मन्त्री ?



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । संघ सरकारअन्तर्गत रहेका २१ वटा मन्त्रालयमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका पाँच दलबाट मन्त्रीहरू नियुक्त गरेका छन् । यद्यपि, संविधानले संघ सरकारमा प्रधानमन्त्रीसहित २५ वटा मन्त्रीको व्यवस्था गरेको छ, जसमा तीनवटा राज्यमन्त्री छन् ।

संघमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका बेला देशभर कतिवटा मन्त्रालय छन् भन्ने चासो छ । संघात्मक प्रणालीमा गएको नेपालमा सात प्रदेशमा सातवटा सरकार छन् । संघसहित प्रदेशमा जोड्दा झण्डै १०० हाराहारी मन्त्रालय पुग्छन् । संघीय प्रणाली अपनाएपछि यति सानो देशमा मन्त्रीको संख्या भने १०० नजिक छ । अझ प्रदेशमा मन्त्रालय फुटाएर मन्त्री बनाउने गरिएको छ । प्रदेशमा सांसद संख्याको २० प्रतिशत मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ ।

संघ सरकार : एक प्रम, १९ मन्त्री, तीन राज्यमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा । बालकृष्ण खाण- गृह मन्त्रालय । ज्ञानेन्द्रबहादुर कार्की- संचार, सूचना तथा प्रविधि । पम्फा भुसाल- ऊर्जा जलस्रोत तथा सिँचाइ । राजेन्द्रप्रसाद श्रेष्ठ- संघीय मामिला तथा सामान्य प्रशासन । विरोध खतिवडा- स्वास्थ्य तथा जनसंख्या । जनार्दन शर्मा- अर्थ । डा. मीनेन्द्र रिजाल- रक्षा । उमाकान्त चौधरी- खानेपानी । डा. नारायण खड्का- परराष्ट्र । रेणुकुमारी यादव- भौतिक पूर्वाधार तथा यातायात । प्रेमबहादुर आले- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन । दिलेन्द्रप्रसाद बडू- कानुन, न्याय तथा संसदीय मामिला । देवेन्द्र पौडेल- शिक्षा, विज्ञान तथा प्रविधि । महेन्द्र राय यादव- कृषि तथा पशुपक्षी विकास । उमा रेग्मी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । शशी श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण । रामकुमारी झाँक्री- शहरी विकास । गजेन्द्रबहादुर हमाल- उद्योग, वाणिज्य तथा आपूर्ति । रामसहायप्रसाद यादव- वन तथा वातावरण । किसान श्रेष्ठ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा । महेश्वरजंग गहतराज -युवा तथा खेलकुद । राज्यमन्त्रीमा उमेश श्रेष्ठ, भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादव रहेका छन् ।

प्रदेश १ : एक मुख्यमन्त्री, चार मन्त्री, तीन राज्यमन्त्री

मुख्यमन्त्री- भीम आचार्य । लीलाबल्लभ अधिकारी (राज्यमन्त्री)- आन्तरिक मामिला तथा कानुन मन्त्रालय । तुलसीप्रसाद न्यौपाने- आर्थिक मामिला तथा योजना मन्त्रालय । लछुमन तिवारी (मन्त्री)/उत्तमकुमार बस्नेत (राज्यमन्त्री)- उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय । हीराकुमार थापा (मन्त्री)/ज्ञानेश्वर राजवंशी (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय । भौतिक पूर्वाधार विकास मन्त्रालय- (मन्त्री छैन) । बलबहादुर साम्सोहाङ- सामाजिक विकास मन्त्रालय ।

प्रदेश २ : एक मुख्यमन्त्री, आठ मन्त्री, तीन राज्यमन्त्री

लालबाबु राउत – मुख्यमन्त्री/ कानुन, न्याय तथा प्रदेशसभा मन्त्रालय/ वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय । रामसरोज यादव- भौतिक पूर्वाधार विकास मन्त्रालय, शैलेन्द्रप्रसाद साह (मन्त्री)/उषा यादव (राज्यमन्त्री)- अर्थ मन्त्रालय, भरतप्रसाद साह (मन्त्री)/रुबीकुमारी कर्ण (राज्यमन्त्री)- आन्तरिक मामिला तथा संचार मन्त्रालय । विजयकुमार यादव (मन्त्री)/ योगेन्द्र राय यादव (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय । नवलकिशोर साह सुडी- सामाजिक विकास मन्त्रालय । रामनरेश राय- उद्योग, पर्यटन तथा वन मन्त्रालय । वीरेन्द्रप्रसाद सिंह- महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय । ओमप्रकाश शर्मा- खानेपानी तथा ऊर्जा मन्त्रालय ।

बाग्मती प्रदेश : एक मुख्यमन्त्री, सात मन्त्री, चार राज्यमन्त्री

अष्टलक्ष्मी शाक्य- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । केशवराज पाण्डे (मन्त्री)/जीवन खड्का (राज्यमन्त्री) – भौतिक पूर्वाधार विकास । रचना खड्का- आर्थिक मामिला तथा योजना । विजय सुवेदी (मन्त्री)/जुनेली श्रेष्ठ (राज्यमन्त्री)- सामाजिक विकास । शान्तिप्रसाद पौडेल (मन्त्री)/सरस्वती बाटी (राज्यमन्त्री)- उद्योग, पर्यटन वन तथा वातावरण । प्रदीपकुमार कटुवाल क्षेत्री- स्वास्थ्य । डा. अजयक्रान्ति शाक्य- आन्तरिक मामिला तथा कानुन । चन्द्र लामा (मन्त्री)/ बद्री मैनाली (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी ।

गण्डकी : एक मुख्यमन्त्री, १० मन्त्री

कृष्णचन्द्र नेपाली पोखरेल- मुख्यमन्त्री । कुमार खड्का- भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय । रामजी वराल- अर्थ मन्त्रालय । हरिशरण आचार्य- ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय । राजिव गुरुङ- युवा तथा खेलकुद मन्त्रालय । मणिभद्र शर्मा- पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय । मेखलाल श्रेष्ठ- शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय । मधु अधिकारी गुरुङ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । चन्द्रबहादुर बुढा- भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय । बिन्दुकुमार थापा- कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रालय । दीपक थापा- वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय ।

लुम्बिनी : एक मुख्यमन्त्री, छ मन्त्री, छ मन्त्रालय खाली

कुलप्रसाद केसी – मुख्यमन्त्री । डिल्लीबहादुर चौधरी- पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय । कृष्णध्वज खड्का- आर्थिक मामिला तथा सहकारी मन्त्रालय । सहसराम यादव- भौतिक पूर्वाधार विकास मन्त्रालय । अजय शाही- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय । सुमन शर्मा रायमाझी- कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय । पुर्मती ढेंगा- श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय ।

आन्तरिक मामिला तथा संचार मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय खाली छन् ।

कर्णाली : एक मुख्यमन्त्री, सात मन्त्री

महेन्द्रबहादुर शाही- मुख्यमन्त्री । नन्दसिंह बुढा- उद्योग, पर्यटन, वन तथा वातावरण । अम्मरबहादुर थापा- भौतिक पूर्वाधार तथा शहरी विकास । कुर्मराज शाही- भूमि व्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपाली- आन्तरिक मामिला तथा कानुन मन्त्रालय । गोपाल शर्मा- आर्थिक मामिला तथा योजना मन्त्रालय । दीनबन्धु श्रेष्ठ- जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, यज्ञबहादुर बीसी- सामाजिक विकास मन्त्रालय ।

सुदूरपश्चिम : एक मुख्यमन्त्री, छ मन्त्री, चार राज्यमन्त्री

त्रिलोचन भट्ट- मुख्यमन्त्री । दीर्घबहादुर सोडारी (मन्त्री)/चुनकुमारी चौधरी (राज्यमन्त्री)- भौतिक पूर्वाधार विकास मन्त्रालय । मानबहादुर धामी- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय । तारालामा तामाङ (मन्त्री)/माया तामाङ बोहोरा (राज्यमन्त्री)- आर्थिक मामिला मन्त्रालय । लालबहादुर खड्का (मन्त्री)/मनाकुमारी साउँद (राज्यमन्त्री)- सामाजिक विकास मन्त्रालय । विनितादेवी चौधरी (मन्त्री)/मानबहादुर सुनार (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय । पूर्णा जोशी- आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।


प्रतिक्रिया दिनुहोस !


एकीकृत समाजवादी बैतडीको इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बैतडीकै बिष्ट



बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सहसचिव पदमा चयन भएकी हुन् ।

यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् । गत बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्टले बताए । पार्टीका नियमित कामकाजहरु अब अगाडि बढाउने नेता बिष्टले बताए । आउँदो ३ कात्तिकमा बैतडी जिल्ला कमिटीको बैठक बसेर आगामी कार्यक्रमहरू तय गरिने उनले बताए । आगामी दिनमा पार्टीको पालिका तथा वडास्तरका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । पालिका र वार्डस्तरमा संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) बैतडीले जनाएको छ । न्युजकारखाना ।

प्रतिक्रिया दिनुहोस !

ट्याङकरले कारलाई ठक्कर दिँदा वीरगन्जमा ३ भारतीय नागरिकको मृत्यु



वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २३, भोलहीमा पर्ने वीरगन्ज–पथलैया सडकखण्डमा एक ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे उक्त दुर्घटना भएको हो । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आइरहेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी कारका चालक भारतको बिहार मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालकको उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने अन्य दुईजनाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याङकरका चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

भारतलाई जिताउन नेपाली फुटबल टोलीका कोच अलमुताइरीलाई कारबाही !



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताए । उनले साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका प्रतिबन्ध लगाएको बताए ।

उनले भने, ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो । उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि ब्यक्त गरे। ‘मलाई निकै दुख लागेको छ । साफले मलाई किन निशानामा राखेको छ । मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे ।

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास) मा समेत जाने उनले बताए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो। अलमुताइरीले नियम विपरित कारवाही गरे साफले फुटबल विकासबारे गर्ने कुरा बेकार हुने बताए । उनले आफ्नै नियम नमान्ने साफबाट केहि अपेक्षा गर्ने भन्ने प्रश्न गरे । ‘साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरो लागि आफ्नै नियमको सम्मान हुँदैन । खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । यदि साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारवाही गर्नु ठिक भएन,’ उनले भने ।

अलमुताइरीले आफू मैदानभित्र नभएपनि टोलीले उपाधिका लागि खेल्ने बताए । उनले भने, ‘म त्यहाँ भएपनि नभएपनि टोलीले उपाधिका लागि खेल्नेछ । तर यो न्याय भएन । हामीलाई अन्याय गरेर साफले राम्रो गरेन ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाइएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको छ। तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: