१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

प्रधानन्याधीश राणाका जेठान हमाल कांग्रेस कोटाबाट मन्त्री बनेको देउवाको दाबी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनाइएको स्पष्ट पारेका छन् । वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको विषयमा आएके टिकाटिप्पणीको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले सो बताएका हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि शुक्रबार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उनको दावी गरेका छन् । बैठकपछि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारेमा कुनै भ्रममा नपर्न आग्रह समेत गरेका छन् । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गरे ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: