७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउँदै सरकार



काठमाडौं । सरकारले पढ्दै कमाउँदै भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ अन्तर्क्रियामा शर्माले सरकारले अघि सारेको कार्यक्रमले मुलुकको शैक्षिक र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शर्माले नेपालको विकासको मोडल सामूदायमा आधारित हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको भन्दै शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !