११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

गाडीले किचेर किसान मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ



Man in handcuffs

एजेन्सी । भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन् । गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको हो । १२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र अग्रवालले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीविरुद्ध सोमबार अदालतमा सुनुवाइ हुनेछ । उनीमाथि हत्या, दुर्घटनामा ज्यान लिएको र सवारी चलाउन लापरवाही गरेको आरोप लगाइएको छ । गत साता तिकुनीयामा प्रदर्शनमा उत्रिएका किसानलाई मिश्रासहितले गाडीले किचेको दाबी गरिएको छ । उक्त घटना र त्यसपछि भड्किएको हिंसामा आठ जनाको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !