१५ मंसिर २०७९, बिहीबार
 |   Thu Dec 1 2022
Logo

जनपक्षिय काम गर्न निर्देशन दिन अध्यक्ष नेपालले मन्त्रीहरुलाई बोलाए छलफलमा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन् । जनपक्षिय काम गर्न निर्देशन दिनका लागि आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बोलाएका हुन् ।

एक मान्त्रीका अनुसार अध्यक्ष नेपालले मन्त्रीहरुलाई विहान ११ बजेका लागि बानेश्वर आलोक नगरस्थित पार्टी कार्यालयमा छलफलका लागि बोलाएका हुन् । अध्यक्ष नेपालले शनिबार काभ्रेको बनेपामा पार्टी कार्यालयको उद्घाटन गर्दै मन्त्रीहरुले अनुचित कार्य गरे क्षम्य नहुने चेतावनी दिएका थिए ।

उनले गलत कार्य गर्ने मन्त्रीहरुलाई जिम्मेवारी खोसिने समेत बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार मात्रै पूर्णता पाएको थियो । जसमा एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री पाएको छ ।

जसमा स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । त्यस्तैगरी स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङलाई पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: