१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

रेल सेवा सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई ७ करोड भुक्तानी



सरकारले रेल सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई ७ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ।

नेपालले खरिद गरेको रेल सञ्चालनको जिम्मेवारी पाएको छ। कोंकण रेल्वे कर्पोरेशन लिमिटेड गत हप्ता अग्रिम भुक्तानीको रुपमा उक्त रकम भुक्तानी गरिएको हो। 

जयनगर–जनकपुर रेल सञ्चालनको जिम्मा १ वर्षको सञ्चालनको जिम्मेवारी उक्त कम्पनीलाई सरकारले दिएको छ। १ वर्षको लागि  सरकारले ३५ करोड  दिने सम्झौता गरेको छ। त्यसमा अहिले अग्रिम भुक्तानी गरिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !