स्टील उद्योगीसँग अर्थमन्त्रीको छलफल, स्वदेशी उद्योगलाई बढावा दिन कर छुट दिएको तर्क « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

स्टील उद्योगीसँग अर्थमन्त्रीको छलफल, स्वदेशी उद्योगलाई बढावा दिन कर छुट दिएको तर्क



अर्थमन्त्री जनार्दन शर्माले आज स्पञ्ज आइरन र विलेट आयात गरेर डन्डी उत्पादन गर्ने उद्योगीसँग छलफल गरेका छन् । विलेट आयात गरेर स्टील उत्पादन गर्ने उद्योगीहरुले स्पञ्ज आइरन आयातमा सरकारले कर छुट दिँदा विलेट आयातमा भने भन्सार वृद्धि गरेको भन्दै विरोध गर्दै आएका थिए ।

आज मन्त्रालयमा अर्थमन्त्री शर्माले दुबैथरि उद्योगीलाई राखेर छलफल गरेका हुन् । छलफलमा स्पञ्ज आइरनबाट स्टील बनाउने र भारटबाट विलेट ल्याएर स्टील बनाउने उद्योगी सहभागी थिए । अर्थमन्त्री शर्माले संसोधित बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्दा त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा अन्तशुल्क नलाग्ने व्यवस्था गरिएको बताए । देशमा उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले सो व्यवस्था गरेको उनको भनाइ छ ।

स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने एमएस आइटेक स्टील प्रालिका प्रबन्ध निर्देशक मनोज भट्टराइले पछिल्लो समय स्टील उद्योगहरु स्पञ्ज आइरनबाट विलेट बनाउने उद्योग विस्तारमा लागेको बताए । पहिले ९ वटा उद्योगले स्पञ्ज आइरनबाट विलेट उत्पादन गर्दै आएकामा अहिले त्यो संख्या वृद्धि भएर १४ वटा पुगेको उनले जानकारी दिए ।

विदेशबाट विलेट ल्याएर स्टील बनाएर बिक्री गर्दाभन्दा स्पञ्ज आइरन ल्याएर नेपालमा नै विलेट उत्पादन गर्दा विजुलीको खपत वृद्धि हुने भट्टराईको भनाइ छ ।

‘स्पञ्ज आइरनबाट विलेट बनाउँदा ६ देखि ७ रुपैयाँ खपत हुन्छ भने विलेटबाट स्टील बनाउँदा करिब २ रुपैयाँको मात्र विजुली खपत हुन्छ । यसले गर्दा नेपालको पैसा नेपालमा नै रहने अवस्था सिर्जन हुन्छ,’ उनले भने  ।

नेपालमा प्रतिवर्ष १६ हजार मेट्रिकटन स्टील खपत हुने गरेको छ । नेपालमा नै स्पञ्ज आइरनबाट १४ हजार मेट्रिक्टन स्टील उत्पादनको क्षमता भएको र केही नयाँ उद्योग पनि आउने क्रममा रहेको भट्टराइले बताए ।


प्रतिक्रिया दिनुहोस !


सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ : ऊर्जामन्त्री भुसाल



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताउनुभएको छ ।

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।” सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उहाँको जोड थियो ।

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उहाँले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।”

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६/७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७/७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिनुभयो ।

आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ ।

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ ।

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

अर्थ मन्त्रालयले नमान्दा डिआईजी दरबन्दी थप्ने विषयमा अन्योल



काठमाडौं । नेपाल प्रहरीमा डिआईजीको दरबन्दी थप्ने गृहकार्य शुुरु भएको छ । तर प्रहरीको उच्च स्रोतले संगठनका तलतिरका अधिकृतलाई मनको लड्डु घिऊसँग खुवाउने उद्देश्यले डिआईजीको दरबन्दी थपको समाचार प्रवाह गराएको हुनसक्ने बताइएको छ । कुनै पनि सरकारी निकायमा दरबन्दी थप गर्दा आर्थिक दायित्व बढ्छ । प्रहरीमा थपिने दरबन्दीको लागि अर्थ मन्त्रालयले सहमति दिनुपर्ने हुन्छ । अर्थले भनेको छ, ‘डिआईजी थप्दैमा हुँदैन । तिनलाई सेवा सुविधासहित दिएर एआईजी बनाउनुपर्ने हुन्छ ।

एकाध वर्षपछि एआईजीको लागि खर्च थप्नुपर्ने हुन्छ । त्यसैले एउटा तहमा मात्र दरबन्दी थप्ने भन्ने कुराले लाखौं होइन, करोडौंको भार पर्न जान्छ । त्यसतर्फ पनि सोच्नुपर्छ । नेपाल प्रहरीमा डीआईजी र एआईजी थपेपछि सशस्त्र प्रहरी बल पनि चुप लागेर बस्ने अवस्था आउँदैन । नेपाली सेनाले पनि त्यही मौकामा उच्च तहमा दुई चार वटा दरबन्दी थप्ने मेसो मिलाउने पक्का हुन्छ । सबैतिरबाट अनुकूल भयो भने राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो प्रस्ताव ल्याउने भएकाले दरबन्दी थपको विषय त्यत्ति सजिलो नभएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस !

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्री दर १२० रुपैयाँ ०८ पैसा कायम गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४४ पैसा र बिक्री दर ८९ रुपैयाँ ८९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३५ पैसा छ ।

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ ०५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ७६ पैसा र बिक्री दर १६५ रुपैयाँ ५९ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०१ पैसा र बिक्री दर १३० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ भने जापानी येन १० को दरिद दर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ रुपैयाँ रहेको छ भने साउदी अरबियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: