श्रुति हसनलाई ब्रेकअपले धेरै सिकायाे « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

श्रुति हसनलाई ब्रेकअपले धेरै सिकायाे



साउथ फिल्मसँगै बलिउडमा पनि लोकप्रिय अभिनेत्रीमा पर्छिन् श्रुति हसन । अभिनेता कमल हसनकी छोरी भएकाले गर्दा पनि उनले दुवै फिल्म उद्योगमा कम पाइन् । तर, पछिल्लो समय उनकाे करियर सोचेअनुरूप ठीकठाक छैन । त्यसैले गर्दा उनी बेलाबखत विवादमा जोडिने गर्छिन् ।

अभिनेत्री श्रुतिले पछिल्लो समय ब्रेकअपको बारेमा बताएकी छिन् । ब्रेकअपले आफूलाई धेरै कुरा सिकाएको उनको बुझाइ छ । उनको ब्रेकअप केही समय अगाडि भएको थियो ।

आफ्नो लभ लाइफको बारेमा खासै नबताउने श्रुतिले एक अन्तर्वार्ताको क्रममा प्रेमका बारेमा बोलेकी हुन् ।‘त्यो सम्बन्धदेखि कुनै पछुतो छैन, किनकि हामीलाई हाम्रो गल्तीले नै हो सिकाउने,’ श्रुतिले भनिन्, ’पुरानो लभ लाइफबाट सिकेर अगाडि बढेकी छु ।’ उनको एक विदेशी प्रेमी थिए । उनले एक अर्कालाई चिन्न सहज नरहेकोसमेत प्रस्ट्याइन् ।

साथै, उनले प्रेमलाई जीवनमा बाधाका रूपमा नलिनसमेत बताइन् । ‘तपाईको जीवनलाई सहज बनाउने हो प्रेम, यदि त्यसले अवरोध गर्छ भने त्यो सम्झौता हो,’ श्रुतिले भनिन् । उनी पछिल्लो समय प्रभाससँग फिल्म सलारको काममा व्यस्त छिन् ।


प्रतिक्रिया दिनुहोस !


बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोकः राष्ट्रसंघ



बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो । हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । 

रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् । ‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका  हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने । 

बंगलादेशमा हिन्दूमाथिको आक्रमण रोकिएको छैन् । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी सुरु गरेका थिए । 

प्रहरीले ती व्यक्तिको घरलाई सुरक्षा दिइरहेका बेला आक्रमणकारीले उनको छिमेकीको घरहरुमा आगो लगाइदिएका थिए । माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेको त्यहाँको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस !

ओली सरकारले नियुक्त गरेका राखेपका सदस्य सचिव सिलवालसहित ३ जना बर्खास्त !



काठमाडौं । सरकारले पूर्ववर्ती केपी ओली सरकारका पालामा नियुक्त भएका पदाधिकारीहरुलाई बर्खास्त गर्ने क्रम तीब्र पारेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । त्यस्तै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई पनि बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । उनीहरु तीनैजना हटाउने कानूनी प्रक्रिया पुर्याउन दशैंअघि नै स्पष्टीकरण सोधिएको थियो । राखेप सदस्य सचिव सिलवालसँगै स्पष्टीकरण सोधिएका ढुंगेल र रोक्कालाई पनि बर्खास्तीको पत्र दिने तयारी भइरहेको एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस !

मलिका महत फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट



काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म यात्रा : म्युजिकल भ्ल्ग मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ । तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: