को बन्लान् नयाँ जेम्स बोन्ड ? « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

को बन्लान् नयाँ जेम्स बोन्ड ?



हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर याे फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडि ल्याइसकेका छन् ।

पछिल्लो समय बोन्डको रूपमा ड्यानियल क्रेग छन् । उनी सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिँदै आएका छन् । जेम्स बोन्डका रूपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ भनिएको छ । उनको अन्तिम फिल्म भनिएसँगै नयाँ जेम्स बोन्ड को बन्नेछन् भन्ने चर्चा फिल्मीप्रेमी दर्शकमाझ छ । यसको ट्रेलरमा समेत डबल ओ सेभेनको नयाँ जासुस महिला देखिएकाले नयाँ जेम्स बोन्ड महिला हुन सक्ने अनुमान दर्शकले लगाएका छन् ।

यद्यपि ‘जेम्स बोन्ड’ को रूपमा कहिल्यै पनि महिला नहुने-नबनाइने निर्माता बार्बरा ब्रोकलीले स्पष्ट पारेकी छन् । बोन्ड रंगका बारेमा विकल्प खुल्ला भए पनि महिला नहुनेमा आफूहरू स्पष्ट भएको उनको भनाइ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छन् । कोरोनाभाइरसका कारण सिर्जित अवस्थाले गर्दा बारम्बार रिलिज डेट सरेको ‘नो टाइम टु डाइ’ नेपाल र भारतमा आउँदो अक्टोबर १४ बाट प्रदर्शनमा आउनेछ ।

ब्रिटिस जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५औं फिल्म हो भने क्रेगको बोन्डका रूपमा पाँचौं । जेम्स बोन्ड हलिउडको सबैभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् । क्रेगको यो अन्तिम फिल्म हो ।क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडुलगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

छोरीले प्रेम विवाह गरेपछि एक पुरुषले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए



एजेन्सी । छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँदै जलाएका हुन् ।

हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् । प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरुद्ध थिए ।

प्रतिक्रिया दिनुहोस !

उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्ने शक्तिशाली मिसाईल परिक्षण



एजेन्सी । उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परिक्षण गरेको छ । समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०१६ मा युद्धपोतबाट परीक्षण गरिएको क्षेप्यास्त्र भन्दा शक्तिशाली र आधुनिक भएको बताइएको छ । उत्तर कोरियाले हालैका हप्ताहरुमा विभिन्न लामो तथा छोटो दुरीका मिसाइलहरु परीक्षण गरिरहेको छ । पछिल्ला परीक्षणहरु अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाइएका मिसाइल पनि रहेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक मिसाइल र आणविक हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: