१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गसिप क्विन करीना



बलिउडमा करीना कपूर खानलाई ‘गसिप क्विन’ भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । ‘करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन’ उनका नजिकका साथी करण जोहरले भने ।

एक टेलिभिजन शोमा पुगेका करणले भने ‘करीनालाई थाहा नहुने गसिप नै हुदैन, बलिउडको सम्पूर्ण अवस्थाको जानकारी उनलाई हुन्छ ।’ करण र करीना एकदमै मिल्ने साथी हुन् ।

करीना घरमै हुन्छिन् तर उनलाई हरेक गसिपको जानकारी हुने करणले खुलाए । उनी आफ्नो पुरानी साथी काजोलसँग उक्त शोमा गएका थिए । साथै, करणले अक्षय कुमारलाई हेल्थको बारेमा, वरुण धवनलाई सोसल मिडियाको बारेमा र सोनाम कपूर आहुजालाई फेसनको बारेमा धेरै नै ज्ञान रहेको बताउँदै आफू प्रधानमन्त्री बने यी मन्त्रालय जिम्मा लगाउने बताए ।

करणले मात्र होइन, करीनाकै पिता रणधीर कपूर र दिदी करिश्मा कपूरले समेत उनलाई ‘गसिप क्विन’ भनेका छन् । हालै एक शोमा पुगेका रणधीरले करीना र रणवीर कपुरले बलिउडको हरेक खबर राख्ने गरेको बताए । ‘करीना सानैदेखि आफूलाई अपडेट गर्ने गर्छिन्’ रणधीरले शोमा भने । करिश्माले पनि आफूभन्दा करीनानै चतुर रहेको स्वीकार्दै ‘गसिप’ उनीबाट नलुक्ने बताइन् । 


प्रतिक्रिया दिनुहोस !