बुढीकन्या तब्बूले भनिन् : अजयका कारण अविवाहित छुँ « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

बुढीकन्या तब्बूले भनिन् : अजयका कारण अविवाहित छुँ



अभिनेत्री तब्बूले अभिनेता अजय देवगनकै कारण विहे नगरेको बताएकी छन् । ४९ वर्षीया तब्बूले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै भनिन्, ‘अजय र म कलेजदेखि चिनजानमा छौँ, उनी कुनै समय नजिकका साथी हुने गर्दथे, म सानी छँदा अजय र उनका कजन समीर आर्यले मलाई गहिरो नजरले हेर्दथे, दुवै जना बदमास थिए ।’

अजयले आफ्नी खास साथी तब्बूको विहे होस् भन्ने चाहेका छन् । तर तब्बू पहिलेदेखि नै भन्ने गर्थिन् ‘मेरो लागि राम्रो केटा खोज ।’ यो सवै मजाक मजाकमा भनेको बताए पनि तब्बूले आफूहरू निकै नजिकका साथी भएको बताएकी छिन् ।

पहिलो पटक सन् १९९४ मा विजयपथ चलचित्रमा दुवैले स्क्रिन सेयर गरेका थिए । केटा साथीहरूमा सबैभन्दा नजिक अजय नै रहेको उल्लेख गर्दै तब्बूले अजय निकै प्रोटेक्टिभ रहेको बताइन् ।

‘अजय धेरै प्रोटेकटिभ भएर नै मेरो लभ अन्यसँग परेको छैन’ तब्बूले अन्तरर्वार्तामा भनिन् । उनले ठट्यौली शैलीमा अजय र उनका साथीहरूको कारण आफूलाई कुनै केटाले प्रपोज समेत गर्ने आट नगरेको बताइन् । ‘अजय पहिले देखि नै यस्तै थिए, उनलाई देख्ने कलेजमा समेत डराउथे’ तब्बू भन्छिन्, ‘अब भन्नुस मैले कसरी प्रेम गर्न सक्थे । ‘तब्बूले अजयसँग हिककत, तक्षक र दृश्यममा काम गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !


कोरोना महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ : माेदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।

भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् । उनले भनेका छन्, कामना छ हाम्रो चिरस्थायी सभ्यतागत सम्बन्ध बलियो हुँदै जानेछ ।’

प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी माेदीलाई बधाई दिँदै खाेप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए



‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना प्रतियोगीले रेड कार्पेटमा र्‍याम्पवाक गर्दै मिडिया तथा उपस्थितमाझ आफ्नो परिचय जानकारी गराएका थिए । प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको दुईदेखि तीन मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा १६ बाट अब शीर्ष १० छानिने छन् । छनाेटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । साथै, मिस ‘युनिभर्स नेपाल’ को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको ग्रान्ड फिनालेको भिआईपी टिकटसमेत अनलाइनमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएकाे छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले ३० अक्टोबर अर्थात १३ कात्तिकमा आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व अंशिका शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

बंगलादेशमा हिन्दूमाथिको ज्यादती तत्काल रोकः राष्ट्रसंघ



बंगलादेशमाअल्पसंख्यक हिन्दू समुदायमाथि भएका ऋंखलाबद्ध हमलाप्रति राष्ट्रसंघले चासो देखाएको छ । पछिल्लो समयमा हिन्दू समुदायको घरमा भएका आगजनी र मन्दिर तोडफोडप्रति राष्ट्रसंघले गहिरो चासो देखाएको हो । हिन्दूमाथिको हमला संविधानमा उल्लेखित मुल्य र मान्यताबिरुद्ध भएको भन्दै राष्ट्रसंघले घटनाबारे निस्पक्ष छानबिन गर्न आह्वान गरेको छ । 

रंगपुर जिल्लाको उत्तरी क्षेत्रमा विगत एक सातादेखि फैलिएको जातीय हिंसा अझै रोकिएको छैन् । ‘समाजिक सञ्जालमा कथित अनादर फैलाउने पोस्टपछि बंगलादेशमा हिन्दूमाथि भएका  हमला त्यहाँको संविधानको मर्म विपरित छ । सरकारले यस्ता कार्य तत्काल रोक्नुपर्छ । अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न र निस्पक्ष छानबिनका लागि सरकारसँग राष्ट्रसंघले आह्वान गर्छ । समावेशी वंगलादेशलाई सशक्त बनाउन सबैले हातेमालो गर्न आह्वान गर्छौ,’ बंगलादेशस्थित राष्ट्रसंघका आवासीय संयोजक मिअ सेपोले भने । 

बंगलादेशमा हिन्दूमाथिको आक्रमण रोकिएको छैन् । एक हिन्दूले फेसबुकमा मुसलमानप्रति अनादर जनाउने टिप्पणी गरेको कथित हल्लापछि राजधानी ढाकाबाट २२५ किलोमिटर टाढाको एउटा गाउँमा मुसलमानहरुले हिन्दूको घरमा आगजनी सुरु गरेका थिए । 

प्रहरीले ती व्यक्तिको घरलाई सुरक्षा दिइरहेका बेला आक्रमणकारीले उनको छिमेकीको घरहरुमा आगो लगाइदिएका थिए । माजहिपरा जिल्लामा एक सातामा मुस्लिम आक्रमणकारीले १५ जना हिन्दूका २९ आवासीय घर, दुई ओट किचेन, तथा २० ओटा झुपडीमा आगजनी गरेको त्यहाँको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: