१२ मंसिर २०७९, सोमबार
 |   Mon Nov 28 2022
Logo

थप ७८५ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १ सय ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९५ हजार ९७७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७७ हजार ७ सय २ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: