गृहजिल्लामा स्वास्थ्यमन्त्री खतिवडालाई भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी « Name of Truth News : News Portal in Nepal
   ६ कार्तिक २०७८, शनिबार
 |   Sat Oct 23 2021
Logo

गृहजिल्लामा स्वास्थ्यमन्त्री खतिवडालाई भ्याई नभ्याई, एकैदिन सात कार्यक्रममा सहभागी



स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई भयो । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले सोमबारमात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् ।

एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको बडा दशैं, तिहार तथा छठ पर्वका अवसरमा विहान आयोजित चियापान कार्यक्रममा सहभागी बने भने अन्य विभिन्न कार्यक्रममा पनि मन्त्री खतिवडा सहभागी बने ।

यस्तै, मन्त्री खतिवडाले व्यवसायी राजकुमार न्यौपाने र रामहरी न्यौपानेका स्वर्गीय पितालाई श्रद्धान्जली अर्पण गर्ने कार्यमा सरिक भए ।

विगतमा एमालेबाट निर्वाचित ९२ वर्षीय जनपक्षीय जनप्रतिनिधि घननाथ अधिकारीलाई मन्त्री खतिवडाले भेटे भने मन्त्री खतिवडाले वि.सं.२०२८ सालमा प्रवेशिका उर्त्तिण गरेको भुटनदेवी माविस्थित भुटनदेवी एल्मुनाइ एशोसिएसनले आयोजना गरेको कार्यक्रममा सहभागी बने ।

यस्तै, मन्त्री खतिवडा हेटौंडा अस्पतालको अवलोकन तथा छलफलमा सहभागी बने भने खतिवडा बन्धु समाजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भए ।

गृहजिल्लामा मन्त्री खतिवडालाई आज विभिन्न २१ वटा संघसंस्थाले स्वागत तथा सम्मान गरेको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनी प्रा.लि., निर्माण व्यवसायी संघ मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च मकवानपुर, लायन्स क्लव, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक सेवा प्रहरी केन्द्र मकवानपुर, नेपाल औषधि व्यवसायी संघ,कृष्ण प्रणामी समाज मकवानपुर, मारवाडी एशोसिएसन मकवानपुर, नारायणी पेट्रोलियम बिक्रेता संघ, सार्वजनिक मकवानपुर यातायात प्रा.लि., मकवानपुर बचत तथा ऋण सहकारी संस्था, मकवानपुर जागरण अभियान, अफिन, नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, नेपाल अटो ईरिक्सा व्यवसायी संघले मन्त्री खतिवडालाई स्वागत तथा सम्मान गरेको हो ।

यस्तै, मन्त्री खतिवडाले आजै पुरानो वामपन्थीको आधार क्षेत्र मकवानपुरको फाखेलमा गएर कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गरे ।
यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४,सितलमहलचोकस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेटघाट पनि मन्त्री खतिवडाले गरे ।

मन्त्री खतिवडा सहभागी सबै कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल र उप सचिव जीवन लामाको आतिथ्यता थियो ।


प्रतिक्रिया दिनुहोस !


विपद्मा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद्मा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुटन आग्रह गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधिनताको रक्षा हुन्छ ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

अध्यात्मिक शिक्षाले मानव कल्याण र विश्व शान्तिको मार्ग देखाउँछः मुख्यमन्त्री राउत



जनकपुरधाम, ६ कात्तिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउन अध्यात्मिक शिक्षाको महत्व रहेको बताएका छन् ।

जनकपुरधाम उपमहनगरापालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले भने, ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन् । धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सदभाव बढाउछन, भाइचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाइएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राज दादी मा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सत्रुधन महतो, राम अशिष यादव , परमेश्वर साह, शारदा थापासहित समाजसेवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत



धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भइरहेकोले भोलिसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’

९ कात्तिकमा पालिकाको अधिवेशन रहेकोले त्यसअघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आफूहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी १० मंसिरमा राष्ट्रिय महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशनपश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिबेला एमालेका जिल्ला नेताहरु आ-आफ्ना क्षेत्रमा सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: